अब बैंक तथा वित्तीय संस्थाले स्थिर ब्याजदर पनि प्रकाशित गर्नुपर्ने

काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाहरुले आवधिक प्रकृतिको कर्जाको हकमा स्थिर ब्याजदर (फिक्स्ड ब्याजदर) पनि प्रकाशन गर्नुपर्ने भएको छ ।

 

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो ।

 

‘बैंक तथा वित्तीय संस्थाहरुले प्रदान गर्ने आवधिक प्रकृतिका कर्जाको परिवर्तनीय ब्याजदर को साथै स्थिर ब्याजदर समेत प्रकाशन गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याइएको छ,’ मौद्रिक नीति समीक्षामा भनिएको छ ।

 

यसअघि बैंक तथा वित्तीय संस्थाहरु आवधिक प्रकृतिको कर्जा परिवर्तनीय ब्याजदर मात्रै प्रकाशित गर्दै आएका थिए ।

यस्ता छन् मौद्रिक नीति समीक्षामार्फत गरिएका ८ नयाँ व्यवस्था Read Previous

यस्ता छन् मौद्रिक नीति समीक्षामार्फत गरिएका ८ नयाँ व्यवस्था

जडीबुटी उत्पादन कम्पनी ४० वर्षपछि नाफामा, आइपीओ जारी गर्ने Read Next

जडीबुटी उत्पादन कम्पनी ४० वर्षपछि नाफामा, आइपीओ जारी गर्ने