पुनर्बीमा कम्पनीलाई राहत, सबै पुनर्बीमा स्वदेशी कम्पनीमै गर्न निर्देशन

काठमाडौं । बीमा समितिले स्वदेशी पुनर्बीमा कम्पनीको व्यवसाय विस्तारमा सहयोग पुग्ने गरी निर्देशन जारी गरेको छ ।

 

समितिले इजाजत प्राप्त जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई सर्कुलर जारी गर्दै शतप्रतिशत पुनर्बीमा स्वदेशी पुर्नबीमा कम्पनीमा गर्न निर्देशन दिएको हो ।

 

यस अनुसार अब सबै बीमा कम्पनीहरुले नेपाली पुनर्बीमा कम्पनीमै पुनर्बीमा गर्नुपर्नेछ । यद्यपि,नेपाली पुनर्बीमा कम्पनीहरुले अस्वीकार गरेको अवस्थामा भने विदेशी पुनर्बीमा कम्पनीहरुलाई व्यवसाय दिन पाउनेछन् ।

 

हाल बीमा कम्पनीहरुले कम्तीमा २० प्रतिशत व्यवसाय नेपाली पुनर्बीमा कम्पनीमा गर्नुपर्ने व्यवस्था छ । हाल नेपालमा सरकारी स्वामित्वको एउटा र निजी क्षेत्रको एउटा गरी दुई वटा पुनर्बीम कम्पनी संचालनमा रहेका छन् ।

 

सरकारी स्वामित्वको नेपाल पुनर्बीमा र निजी क्षेत्रको स्वामित्वको हिमालयन रि सञ्चालनमा छन् । निजी क्षेत्रको हिमालयन रि भने हालै मात्र संचालनमा आएको हो ।

काम गर्ने आँट र जाँगर भए विदेश जानु पर्दैन, किवी खेतीबाटै वार्षिक १६ लाख आम्दानी Read Previous

काम गर्ने आँट र जाँगर भए विदेश जानु पर्दैन, किवी खेतीबाटै वार्षिक १६ लाख आम्दानी

घरजग्गामा वाणिज्य बैंकहरूको सवा ४ खर्ब लगानी, कुनको कति ? Read Next

घरजग्गामा वाणिज्य बैंकहरूको सवा ४ खर्ब लगानी, कुनको कति ?