गुण एयरलाइन्सद्धारा पोखरा-भरतपुर नियमित उडान सुरू

काठमाडौं । निजी क्षेत्रको आन्तरिक वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले पोखरा–भरतपुर नियमित उडान सुरु गरेको छ ।

 

एयरलाइन्सले आन्तरिक पर्यटनलाई टेवा पुर्याउने उद्देश्यका साथ सो रुटमा नियमित उडान सुरु गरेको हो । उडान पोखरा र भरतपुर जोड्ने पुलका रुपमा हुने हुँदा यात्रुलाई सहज पुग्ने अपेक्षा एयरलाइन्सको छ ।

 

उडानको पहिलो दिनमै यात्रुहरूबाट साथ पाएकाले थप हौसला मिलेको एयरलाइन्सका प्रवक्ता एवम बजार प्रमुख प्रज्वल थापाले बताए ।

 

उनका अनुसार गुणले भोलिदेखि पोखरा–भैरहवा र शुक्रबारदेखि पोखरा–नेपालगन्ज अन्तर प्रदेश उडान समेत दैनिक रुपमा भर्ने भएको छ । यसबाट आन्तरिक पर्यटन प्रबद्र्धनलाई ठूलो मद्दत पुग्ने कम्पनीको विश्वास छ ।

 

यात्रुहरूलाई सुरक्षित र भरपर्दो हवाई सेवा सुविधा दिन कुनै कसर बाँकी नराख्ने र गुणस्तरीय हवाई सेवा दिन त्यसै अनुसार उडानहरू थप गर्दै आन्तरिक हवाई बजारमा आफूहरू पनि उच्च स्तरको सेवा दिँदै उडान गरिरहेको थापाले बताए ।

६ मेगावाटको रेलेखोला जलविद्युत् आयोजना निर्माण सुरु, लागत कति ? Read Previous

६ मेगावाटको रेलेखोला जलविद्युत् आयोजना निर्माण सुरु, लागत कति ?

नेपाल आयो गाडीमा हावा भर्ने मोबाइल जत्रो मेसिन, कति पर्छ मूल्य ? Read Next

नेपाल आयो गाडीमा हावा भर्ने मोबाइल जत्रो मेसिन, कति पर्छ मूल्य ?