लगानी कोषले दियो कोरोनाबाट मृत्यु भएकालाई १ करोड ६८ लाख भुक्तानी

काठमाडौं । नागरिक लगानी कोषले कोभिड–१९ को प्रकोपबाट मृत्यु भएका सहभागीका हकवालालाई १ करोड ६८ लाख भुक्तानी गरेको छ ।

 

कोभिड–१९ को सुरुआतदेखि नै कोभिडबाट मृत्यु हुनेका आश्रित परिवारलाई राहत पुर्याउने उद्देश्यले मृत्यु हुनेका हकवालालाई जनही २ लाख उपलब्ध गराउने कोषले निर्णय गरेको थियो ।

 

सोही क्रममा कोषले गत साउन ५ गतेसम्म कोभिडबाट मृत्यु हुनेलाई सो रकम उपलब्ध गराएको जनाएको छ । कोषले हालसम्म कोभिडबाट मुत्यु भएकाका ८४ सहभागीका हकवालालाई कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोषबाट सो रकम प्रदान गरेको हो ।

 

कोषका वरिष्ठ अधिकृत तारानाथ भट्टराई र अधिकृत पुरुषोत्तम भट्टराईले कोभिडबाट मृत्यु भएका कोषका सहभागी बुटवल निवासी कन्हैया थारुकी श्रीमती पार्वती थारुलाई आज २ लाखको चेक हस्तारण गरेका थिए ।

नेप्सेमा झिनो सुधार, यी हुन् धेरै मूल्य बढ्ने ७ कम्पनी Read Previous

नेप्सेमा झिनो सुधार, यी हुन् धेरै मूल्य बढ्ने ७ कम्पनी

६ मेगावाटको रेलेखोला जलविद्युत् आयोजना निर्माण सुरु, लागत कति ? Read Next

६ मेगावाटको रेलेखोला जलविद्युत् आयोजना निर्माण सुरु, लागत कति ?