सेयर बजारमा पहिरो जाने क्रम जारी, नेप्से दुई दिनमै २६ अंकले घट्यो

काठमाडौं । लगातार ओरालो लागेको सेयर बजारमा पहिरो जाने क्रम अझै रोकिएको छैन । गतहप्ता १७ अंकले घटेको बजार यो साताको दुई दिनमै २६ अंकले घटेको छ । आइतबार ११.६३ अंकले घटेको बजार सामेबार पनि दोहोरो अंकले नै घटेको छ । आज सूचकमा गिरावट आएपनि कारोबारमा भने ११ करोडले बढोत्तरी आएको छ ।

 

सूचीकृत कम्पनीहरुले गतवर्षको नाफाबाट आकर्षक लाभांश घोषणा गरेपनि लगानीकर्तालाई त्यसले तान्न सकेको देखिदैन । बजारले गति लिनुपर्ने समयमा पनि लय समात्न नसक्दा लगानीकर्ता झन निराशावादी बन्दै गएका छन् ।

 

सेयर बजार मापक सूचक नेप्से १४.४५अंकले घटेर ११७०.३४ विन्दुमा आइपुगेको छ । आज १७१ कम्पनीको ४० करोड ७५ लाख ६९ हजार ७१२ रुपैयाँको कारोबार भएको छ । १३ लाख ८० हजार ६६० कित्ता सेयर खरिदबिक्री भएका छन् ।

 

कारोबार भएका ११ वटै समूहका सूचक ओरालो लागेका छन् । आज जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै ९५.६८अंकले घटेको छ भने निर्जीवन बीमा समूहको सूचक ७१.२७ अंकले घटेको छ । वाणिज्य बैंक समूह पनि १२.५९अंकले झरेको छ ।

 

कारोबार रकमको आधारमा नेपाल बैंकको सेयर शीर्ष स्थानमा रह्यो । यसको २ करोड ५६ लाख ६५ हजार ८२ रुपैयाँको कारोबार भएको छ ।

 

कारोबारकै आधारमा नेपाल लाइफ इन्सुरेन्स र यूनाइटेड फाइनान्स क्रमशः दोस्रो र तेस्रोमा रहेका छन् । नेपाल लाइफको २ करोड ५० लाख र यूनाइटेडको २ करोड ४४ लाख रुपैयाँ भन्दा बढीको सेयर खरिद–बिक्री भएको छ ।

 

आज सबैभन्दा धेरै दिव्यश्वरी हाइड्रोपावरको सेयर मूल्य करिब ५.४५प्रतिशतले बढेको छ भने ग्रामिण विकास लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ७.९६ प्रतिशतले घटेको छ ।

अब वैदेशिक रोजगारी जाने व्यक्तिले अनिवार्य बैंकमा खाता खोल्नुपर्ने Read Previous

अब वैदेशिक रोजगारी जाने व्यक्तिले अनिवार्य बैंकमा खाता खोल्नुपर्ने

टेलिकमको सेयर सर्वसाधारणलाई बिक्री गर्ने सरकारको तयारी Read Next

टेलिकमको सेयर सर्वसाधारणलाई बिक्री गर्ने सरकारको तयारी