काठमाडौं । नेपाल एसबीआइ बैंकले आर्थिक वर्ष २०७७/’७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई ३.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १.८१ प्रतिशत नगद गरी कुल ५.३१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । बैंकले घोषणा गरेको यो लाभांश १० वर्ष यताकै सबैभन्दा थोरै हो ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।