दुई कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन, कुनको कति ?

काठमाडौं । नेप्सेमा सूचीकृत दुई कम्पनीको लाभांश पाउन सेयर किन्ने आज (मंसिर ८ गते) अन्तिम दिन रहेको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक र मेरो माइक्रोफाइनान्सले घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

 

दुवै कम्पनीले साधरणसभा प्रयोजनका लागि भोलि (मंसिर ९ गते) बुकक्लोज मिति तोकेका छन् । तसर्थ, आजसम्म नेप्सेमा कारोबार भइ कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।

 

इन्फ्रास्ट्रक्चर बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद गरी कुल ८.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न बैंकले मंसिर २९ गते अनुपम फुडल्यान्ड एन्ड ब्यांक्वेट बत्तिसपुतली, काठमाडौंमा साधारण सभा बोलाएको छ ।

 

त्यस्तै, मेरो माइक्रोफाइनान्सले गत वर्षको नाफाबाट घोषणा गरेको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनाका लागि १.०५ प्रतिशत नगद गरी २१.०५ प्रतिशत लाभांश पारित गर्न मंसिर २४ गते नवौँ वार्षिक साधरण सभा बोलाएको छ । कम्पनीको सभा होटल वाटर टावर, विदुर, नुवाकोटमा हुनेछ ।

 

दुवै कम्पनीको प्रस्तावित लाभांश साधरण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

५ तारे होटल ह्यात प्लेसले आइपीओ जारी गर्ने, कति कित्ता आउँछ ? Read Previous

५ तारे होटल ह्यात प्लेसले आइपीओ जारी गर्ने, कति कित्ता आउँछ ?

भारतले चासो नदिँदा नेपालगञ्ज सुक्खा बन्दरगाह निर्माण अलपत्र Read Next

भारतले चासो नदिँदा नेपालगञ्ज सुक्खा बन्दरगाह निर्माण अलपत्र