सेयर बजारमा कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने १२ कम्पनी

काठमाडौं । सेयर बजारले कमब्याक गरेको छ । पछिल्लो दुई कारोबार दिनमा करिब ३४ अंकले घटेको नेप्सेमा आज सामान्य अंकले लयमा फर्केको हो ।

 

सूचकमा सुधार आए पनि आज कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ४३ करोडले घटेर ४ अर्ब पनि पुगेन ।

 

लगानीकर्ता मौद्रिक नीतिको समीक्षाको पर्खाइमा रहेकाले पर्ख र हेरको अवस्थामा रहँदा कारोबारले गति लिन नसकेको आकलन गरिएको छ । नेपाल राष्ट्र बैंकले यसैसाता मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्ने बताएको छ । सोमार्फत सेयर बजारमा प्रभाव पार्ने कस्तो नीति आउने हो भनेर लगानीकर्ता पर्खेर बसेका हुन् ।

 

सेयर बजार मापक सूचक नेप्से ७.९० अंकले बढेर २७६५.४३ विन्दुमा पुगेको छ । आइतबार २२५ कम्पनीको ३ अर्ब ९२ करोड ९२ लाख ६१ हजार ६२७ रुपैयाँ बराबरको ७५ लाख ६५ हजार ५१० कित्ता सेयर किनबेच भएका छन् ।

 

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ८ समूहको परिसूचकमा हरियाली छाएको छ भने ५ समूहको परिसूचक राताम्मे भएको छ । होटल समूह सबैभन्दा धेरै ४.५१ प्रतिशतले बढेको छ भने फाइनान्स समूह सबैभन्दा धेरै ०.८८ प्रतिशतले घटेको छ ।

 

कारोबारमा आएका २२५ कम्पनीमध्ये १०६ कम्पनीको सेयर मूल्य बढेको छ भने ९८ कम्पनीको मूल्य घटेको छ । २१ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज महालक्ष्मी विकास बैंकको सर्वाधिक कारोबार भएको छ । यसको ३४ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै, नपाल टेलिकम २९ करोड र अरुण काबेली १४ करोड बढीको कारोबार हुँदै सर्वाधिक कारोबार हुने कम्पनीको शीर्ष तीनमा रहे ।

 

सामान्य अंकले बढेको बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । मानुषी लघुवित्तको सेयर मूलय ठ्याक्कै १० प्रतिशतले बढेको छ भने चन्द्रागिरी हिल्सको करिब १० प्रतिशतले बढेको छ ।

 

यसैगरी, एनआइबीएल प्रगति फण्ड ६.७६ प्रतिशत, खानीखोला हाइड्रपावर ५.०३, नेपाल इन्स्योरेन्स ४.०८, घलेम्दी हाइड्रोपावर ३.४३, सिडिजन्स म्युचुअल फण्ड, सिभिल बैंक, प्रुडेन्सियल इन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, मल्टिप्रपोज फाइनान्स र एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य २ प्रतिशतभन्दा धेरैले बढेको छ ।

 

इच्छाराजले ३५ दिन भित्र ऋण नतिरे सुन्धाराको ६ रोपनी जग्गा र भवन लिलाम हुने Read Previous

इच्छाराजले ३५ दिन भित्र ऋण नतिरे सुन्धाराको ६ रोपनी जग्गा र भवन लिलाम हुने

देशभरका आधा दर्जन सडक ४ र ६ लेनका बन्दै, कुन सडकको कति भयो काम ? Read Next

देशभरका आधा दर्जन सडक ४ र ६ लेनका बन्दै, कुन सडकको कति भयो काम ?