काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७७ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
इन्स्योरेन्स सञ्चालक समितिको मंगलबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २ प्रतिशत नगद गरी कुल २७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
इन्स्योरेन्सले घोषणा गरेको लाभांश पछिल्लो ४ वर्ष यताकै धेरै हो । यसअघि इन्स्योरेन्सले २०७०/७१ मा ३० प्रतिशत लाभांश दिएको थियो ।
इन्स्योरेन्सले प्रस्ताव गरेको लाभांश नियामक निकायबीम समितिको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् ।