कोरोनाकालमा पनि हस्तकला व्यवसायमा ७ अर्बको कारोबार

काठमाडौं । कोरोना महामारीका कारण अधिकाश व्यवसाय/क्षेत्र धरासायी बने । शिक्षा, पर्यटन, होटल, उद्योगव्यवसाय लगायत सबै क्षेत्र लामो समयसम्म ठप्प रह्यो । केही व्यवसायी आफ्नो पेशाबाटै पलायन भए भने हजारौंले रोजगारी गुमाए ।

 

हस्तकला क्षेत्रमा भने कोरोनाले ठूलो असर नपारेको बताइन्छ । कोरोनाकालमा हस्तकला क्षेत्रको व्यापारमा ठूलो असर नपरेको हस्तकला महासंघले जनाएको छ । सामान्य अवस्थाको तुलनामा व्यापारमा गिरावट आए पनि ठप्प भने नरहेको महासंघको भनाइ छ ।

 

लकडाउनकै समयमा ७ अर्ब रुपैयाँ बराबरको हस्तकला सामग्रीको कारोबार भएको महासंघले जनाएको छ । आन्तरिक बजार र विदेशमा समेत हस्तकला साम्रगी निर्यात गर्दा उक्त रकम बराबरको कारोबार भएको हो ।

 

‘लकडाउनको समयमा हस्तकलाको व्यापार ठप्प भएन, हामीले ७ अर्बको कारोबार लकडाउनमै गर्न सफल भयांै,’ महासंघका उपाध्यक्ष रवीन्द्र शाक्यले चाणक्य पोष्टसँग भने ।

 

शाक्यका अनुसार हस्तकला व्यवसायमा २ खर्ब लगानी रहेको छ भने ८ लाखले रोजगारी समेत पाएका छन् । महासंघमा ४ हजार बढी व्यवसायी आबद्ध छन् ।

 

यद्यपि, पछिल्लो समय परम्परागत र हस्तकलाका वस्तुहरुको राष्ट्रिय अन्तर्राष्ट्रिय बजार खस्कदै गएको छ । तर आन्तरिक बजारलाई प्रवद्र्धन गर्न सरकारले सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

 

आन्तरिक र बाह्य दुवैमा बराबरी रुपमै व्यापार भएको महासंघले जनकारी दिएको छ । ‘हस्तकलाको व्यापार आन्तरिक र बाह्य दुवैको अवस्था बरारबर नै छ , काठमाडौंको बौद्ध, पाटन, महाबौद्ध, मंगलबजार, असन, न्यूरोड लगायतका क्षेत्रमा पनि हस्तकलाको राम्रो व्यापार हुन्छ, हस्तकलाको निर्यात र आयात बराबर छ ,’ शाक्यले भने ।

 

हस्तकलाको लागि आवश्यक कच्चापदार्थ सहज रुपमा उपलब्ध नहुँदा बजारको माग धान्न कठिन भएको संघले बताएको छ । विशेषगरी हस्तकला अन्तर्गत, पस्मिना, ढाकाको कपडा, गरगहना लगायतका सामग्रीको धरै व्यापार हुने महासंघले जनाएको छ । हस्तकला क्षेत्रमा पछिल्लो समय युवापुस्ताको समेत आकर्षक बढ्दो रहेको उनको भनाइ छ ।

सडकमा पिचको सट्टा कंक्रिट, भक्तपुरको निकोसेरा चोकमा ढलान गरिने Read Previous

सडकमा पिचको सट्टा कंक्रिट, भक्तपुरको निकोसेरा चोकमा ढलान गरिने

हाइड्रो चम्किँदा नेप्सेमा उछाल, यी ८ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Next

हाइड्रो चम्किँदा नेप्सेमा उछाल, यी ८ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट