किन लगातार लाग्दैछ बोटलर्स नेपालको सेयर मूल्यमा पोजेटिभ सर्किट ?

काठमाडौं । उत्पादनमूलक कम्पनी बोटलर्स नेपाल (तराई)को सेयर मूल्यमा लगातार दोस्रो दिन पोजेटिभ सर्किट लागेको छ । लामोसमयदेखि सामान्य घटबढ भइरहेको कम्पनीको सेयर मूल्यमा आइतबारदेखि लगातार पोजेटिभ सर्किट लागेको हो ।

 

पछिल्ला दुई कारोबार दिनमै कम्पनीको सेयर मूल्य १०/१० प्रतिशतले बढेको छ । दुईदिनमै कम्पनीको सेयर मूल्य प्रतिकित्ता २३०० रुपैयाँले बढेको छ ।

 

बिहीबार प्रतिकित्ता १० हजार ७५० रुपैयाँमा कारोबार भएको कम्पनीको सेयर मूल्य दुई कारोबार दिनमै बढेर १३ हजार रुपैयाँ पुगेको छ ।

 

विगतका वर्षहरुमा पनि आकर्षक लाभांश दिँदै आएको कम्पनीले गत वर्षको नाफबाट पनि बम्पर लाभांश दिने हल्ला चलेसँगै सेयर मूल्य ह्वात्तै उचालिएको हो ।

 

कम्पनीले आर्थिक वर्ष २०७४/७५ यताको लाभांश दिन बाँकी रहेको छ । पछिल्लो ३ वर्षको लाभांश एकैपटक दिने हल्लाका कारण लगानीकर्ता आकर्षित भएका हुन् ।यद्यपि, हालसम्म कम्पनी संचालक समितिको बैठकले लाभांश सम्बन्धी कुनै निर्णय गरेको छैन ।

तीन सातामै ४ लाखले भरे ड्राइभिङ लाइसेन्सको फारम, कहिले हुन्छ परीक्षा ? Read Previous

तीन सातामै ४ लाखले भरे ड्राइभिङ लाइसेन्सको फारम, कहिले हुन्छ परीक्षा ?

नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने ८ कम्पनी Read Next

नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने ८ कम्पनी