एनएमबी बैंकले ल्यायो भिडिओ कलबाटै खाता खोल्ने सुविधा

काठमाडौं । एनएमबी बैंकले भिडियो केवाइसी, (भिडियो कलमा आधारित)मार्फत ५ मिनेटमै देश वा विदेशमै रही खाता खोली कारोबार गर्न सकिने योजना ल्याएको छ ।

 

एनएमबी बैंक नेपाली बैंकिङ्ग जगतमै सुरूदेखि अन्त्यसम्मको पूर्ण डिजीटल रुपमा खाता खोल्ने प्रक्रिया सुरू गर्ने पहिलो बैंक हो ।

 

बैंकले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यो सेवा सञ्चालनमा ल्याएको घोषणा गरेको हो । यो सेवा मार्फत अब ग्राहकहरूले एनएमबीमा भिडियो कल मार्फत अनलाइन नय“ा खाता खोल्न यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाइसी विवरणहरू पूरा अपडेट गर्न सक्दछन् ।

 

‘एनएमबीले ग्राहकहरूको लागी नेपालमा डिजिटल बैंकिङ्गको अनुभवमा परिवर्तनको सुरूआत गर्दैछ । ग्राहकहरुले अब मोबाइल र इन्टरनेट बैंकिङ्गको परम्परागत उपयोगको परिधि भन्दामाथी उठेर बैंकसम्म नधाईकनै मुख्य बैंकिङ्ग गतिविधिहरु संचालन गर्न सक्दछन । हालको परिवेशमा पनि यस प्रकारको सेवाले हाम्रा ग्राहकहरूको लागि घरमै बसी बैंकिङ्ग कारोवार सहज बनाउनुको साथै सबै प्रकारको म्यानुअल कामलाईृ निर्मुल पार्दै पारदर्शिता, त्रुटिरहित र कागज विहीन बैंकिङ्ग प्रदान गर्दछ जुन बैंकको ग्लोबल एलायन्स फर भ्यालु बेस्ड बैंकिङ्गका सदस्यको नाताले वातावरण मैत्री बैंकिङ्ग प्रति प्रतिबद्धता परिपूर्ति गर्नु रहेको छ,’ बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

 

यसैबीच बैंकले लोकप्रिय युवा अभिनेता तथा समाजसेवी पल शाहलाई बैंकको ब्राण्ड एम्बेस्डर नियुक्त गरेको छ । बैंकले पत्रकार सम्मेलन मार्फत सो जानकारी गराएको हो ।

 

एनएमबी बैंक नेपालको अग्रणी वाणिज्य बैंक हो भने शाह टेलिभिजनको इडिटिङ्ग, म्युजिक भिडियो हुँदै नेपाली सिनेमा जगतमा प्रशंसा प्राप्त गरिरहेको उदयीमान अभिनेता मध्ये एक हुन ।

 

शाहसँगको सहकार्यले बैंकको प्रवद्र्धन गर्न थप सहयोग पुग्ने विश्वास लिइएको छ । एनएमबी बैंकको ब्राण्ड एम्बेसडर भएर सहकार्य गर्न पाउँदा आफूलाई खुशी लागेको र बैंकको उत्तरोत्तर प्रगतिमा आफूले उत्कृष्ट भूमिका प्रस्तुत गर्ने प्रतिबद्धता पल शाहले व्यक्त गरे ।

 

बैंकले देशभरीका १८१ शाखाहरुका साथै १३७ एटीएमहरु, ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

काठमाडौंका सडक : विभाग बनाउने अरू भत्काउने Read Previous

काठमाडौंका सडक : विभाग बनाउने अरू भत्काउने

तीन सातामै ४ लाखले भरे ड्राइभिङ लाइसेन्सको फारम, कहिले हुन्छ परीक्षा ? Read Next

तीन सातामै ४ लाखले भरे ड्राइभिङ लाइसेन्सको फारम, कहिले हुन्छ परीक्षा ?