काठमाडौं । लुम्बिनी विकास बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट घोषणा गरेको लाभांश परिमार्जन भएको छ ।
नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम शनिबार बसेको बैंक सञ्चालक समितिको बैठकले यसअघि घोषणा गरेको लाभांश दर परिमार्जन गरेको हो ।
बैंकले यसअघि घोषणा गरेको लाभांश दरमा नगद घटाइ बोनस सेयर बढाएको छ । बैंकको संशोधित लाभांश अनुसार अब सेयरधनीले १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६७ प्रतिशत नगद पाउने छन् ।
बैंकले यसअघि सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३.७१ प्रतिशत नगद गरी कुल १३.७१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो।
बैंकले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।