काठमाडौं । पछिल्लो समय लगातार ओरालो लागेको सेयर बजारमा पहिरो जाने क्रम जारी छ । गतहप्ता १७ अंकले घटेको बजार यो साता पनि पहिलो दिन देखि नै ओरालो लागेको छ । आइतबार सेयर बजारमा दोहोरा अंकको गिरावट आएको छ ।
सेयर बजार मापक सूचक नेप्से ११.६३ अंकले घटेर ११८४.७८ विन्दुमा आइपुगेको छ । आज १६९ कम्पनीको २९ करोड ७३ लाख ९८ हजार तीन रुपैयाँको कारोबार भएको छ । ११ लाख ४ हजार ३९५ कित्ता सेयर खरिदबिक्री भएका छन् ।
कारोबार भएका ११ वटा समूहमा फाइनान्स समूह बाहेक अरु सबै समूहको सूचक ओरालो लागेका छन् । फाइनान्स समूहको सूचक १.४७ अंकले बढेको छ ।
आज जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै १४३.४९ अंकले घटेको छ भने निर्जीवन बीमा समूहको सूचक ८०.०७ अंकले घटेको छ । वाणिज्य बैंक समूह पनि ७.१४ अंकले झरेको छ ।
कारोबार रकमको आधारमा नेपाल लाइफ इन्सुरेन्सको सेयर शीर्ष स्थानमा रह्यो । यसको १ करोड ९७ लाख ३ हजार २०५ रुपैयाँको कारोबार भएको छ ।
कारोबारकै आधारमा शिभम सिमेन्ट र प्रभु बैंक क्रमशः दोस्रो र तेस्रोमा रहेका छन् । शिभमको १ करोड १९ लाख र प्रभुको १ करोड ५ लाख रुपैयाँ भन्दा बढीको सेयर खरिद–बिक्री भएको छ ।
आज सबैभन्दा धेरै सबैको लघुवित्तको सेयर मूल्य करिब ९.९८ प्रतिशतलेले बढेको छ भने साञ्जेन जलविद्युतको सेयर मूल्य सबैभन्दा धेरै ६.४० प्रतिशतले घटेको छ ।