वोमी लघुवित्तले घोषणा गर्‍यो अघिल्लो वर्षकोभन्दा १० प्रतिशत कम लाभांश

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

 

लघुवित्त सञ्चालक समितिको बिहीबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर लाभांश दिने प्रस्ताव गरेको हो । गत वर्ष ग्रामीण स्वयंसेवक लघुवित्तलाई गाभेको वोमीले कर छुट पाउने भएकाले नगद भने छुट्याएको छैन ।

 

लघुवित्तले घोषणा गरेको लाभांश अघिल्लो आर्थिक वर्ष २०७६/७७ कोभन्दा १० प्रतिशत कम हो । लघुवित्तले सो आवमा ३० प्रतिशत बोनस सेयर लाभांश दिएको थियो ।

 

लघुवित्तले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् ।

धितोपत्र बोर्डको अध्यक्ष बन्न १२ जनाको दाबेदारी, को-को छन् दौडमा ? Read Previous

धितोपत्र बोर्डको अध्यक्ष बन्न १२ जनाको दाबेदारी, को-को छन् दौडमा ?

इन्धनको मूल्य वृद्धि फिर्ता लिन चौतर्फी दबाब, विज्ञ भन्छन्-'निगम नो प्रफिट,नो लसमा चल्नुपर्छ' Read Next

इन्धनको मूल्य वृद्धि फिर्ता लिन चौतर्फी दबाब, विज्ञ भन्छन्-'निगम नो प्रफिट,नो लसमा चल्नुपर्छ'