काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि १ दर्जन व्यक्तिले आवेदन दिएका छन् । आवेदन दिने अन्तिम दिन बिहीबारसम्म १२ जनाले अध्यक्षमा आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन् ।
अर्थ मन्त्रालयका अनुसार बोर्डकै कार्यकारी निर्देशक नीरज गिरी, उपनिर्देशक डा. नवराज अधिकारी, नेप्सेका पूर्व सीईओ सिताराम थपलिया, बीमा समितिका पूर्व अध्यक्ष चिरन्जिवी चापागाईँले आवेदन दिएका छन् ।
त्यसैगरी, आवेदन दिनेमा हेमन्त बस्याल, डा.केशवप्रसाद श्रेष्ठ, अम्बिका शर्मा लामिछाने, कृष्णप्रसाद आचार्य, गोपाल भट्ट, जीवन अमगाइ, रमेश हमाल र अनिल पौडेल रहेका छन् ।
अब आवेदकहरुमध्ये मन्त्रालयको सिफारिसमा एक जनालाई बोर्डको अध्यक्ष नियुक्त गरिने छ । बोर्डको अध्यक्ष राजनीतिक नियुक्ति मार्फत हुने भएकाले शक्ति र पैसाको समेत चलखेल हुने बताइन्छ । साथै, आवेदकहरुले कुनै न कुनै पार्टीको आर्शिवाद पाउने आशामा आवेदन दिएको बताइन्छ ।
धितोपत्र बोर्डको रिक्त पदकोलागि अर्थ मन्त्रालयले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको संयोजकत्वमा एक समिति गठन गरी आवेदन माग गरेको थियो।