सूर्योदय लघुवित्तले घोषणा गर्‍यो अघिल्लो वर्षकोभन्दा धेरै लाभांश

काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

 

लघुवित्त सञ्चालक समितिको बिहीबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर लाभांश दिने प्रस्ताव गरेको हो ।

 

लघुवित्तले घोषणा गरेको लाभांश अघिल्लो आर्थिक वर्ष २०७६/७७ कोभन्दा ३.८५ प्रतिशत बढी हो । लघुवित्तले सो आवमा १५.३४ प्रतिशत बोनस र ०.८० प्रतिशत नगद गरी कुल १६.१५ प्रतिशत लाभांश दिएको थियो ।

 

लघुवित्तले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् ।

नागढुङ्गा सुरुङमार्गको जग्गा विवाद समाधान हुँदै Read Previous

नागढुङ्गा सुरुङमार्गको जग्गा विवाद समाधान हुँदै

अब नेपाल एयरलाइन्सकै टिकटबाट युरोप, अष्ट्रेलियासहित ९ गन्तव्य जान पाइने Read Next

अब नेपाल एयरलाइन्सकै टिकटबाट युरोप, अष्ट्रेलियासहित ९ गन्तव्य जान पाइने