अब नेपाल एयरलाइन्सकै टिकटबाट युरोप, अष्ट्रेलियासहित ९ गन्तव्य जान पाइने

काठमाडौं । अब नेपाल एयरलाइन्सको सिधा उडान नहुने गन्तव्यहरुमा पनि नेपाल एयरलाइन्सकै टिकटबाट यात्रा गर्न पाइने भएको छ ।

 

नेपाल एयरलाइन्सले विभिन्न वायुसेवा कम्पनीसँग द्विपक्षीय सम्झौता गरेसँगै यात्रुले यस्तो सुविधा पाउने भएका हुन् । सम्झौतासँगै एक अर्का वायुसेवाका सेक्टरमा यात्रुले सहजै सेवा लिन सक्ने भएका छन् ।

 

सम्झौता अनुसार अब नेपाल एयरलाइन्सको टिकटबाट यूरोपका विभिन्न शहरदेखि अष्ट्रेलियाको सिड्नी, दक्षिण कोरियाको सिओल, कुवेत, बहराइनसम्म यात्रा गर्न सकिने छ ।

 

यो सम्झौतासँगै निगमलाई थप आय हुने र अन्तर्राष्ट्रिय बजारमा नेपाल एयरलाइन्सको साख बढ्ने अपेक्षा लिइएको छ । टिकटहरु निगमको केन्द्रीय कार्यालय र ट्राभल एजेन्सीबाट काट्न सकिने भएको छ ।

सूर्योदय लघुवित्तले घोषणा गर्‍यो अघिल्लो वर्षकोभन्दा धेरै लाभांश Read Previous

सूर्योदय लघुवित्तले घोषणा गर्‍यो अघिल्लो वर्षकोभन्दा धेरै लाभांश

बैंकमा राखेको पैसा धमाधम बाहिरिँदै, तीन सातामै ३१ अर्ब झिके Read Next

बैंकमा राखेको पैसा धमाधम बाहिरिँदै, तीन सातामै ३१ अर्ब झिके