प्रभु बैंकले घोषणा गर्‍यो अघिल्लो वर्षकोभन्दा धेरै लाभांश

काठमाडौं । प्रभु बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

 

बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद गरी कुल १२.६३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

बैंकले घोषणा गरेको यो लाभांश अघिल्लो आव २०७६/७७को भन्दा २.१० प्रतिशत बढी हो । प्रभुले सो आवमा १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद गरी १०.५३ प्रतिशत लाभांश दिएको थियो ।

 

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

मेगा बैंकले घोषणा गर्‍यो अघिल्लो वर्षकोभन्दा कम लाभांश Read Previous

मेगा बैंकले घोषणा गर्‍यो अघिल्लो वर्षकोभन्दा कम लाभांश

कात्तिक २८ देखि चित्लाङ-थानकोट सडक बन्द हुने Read Next

कात्तिक २८ देखि चित्लाङ-थानकोट सडक बन्द हुने