मेगा बैंकले घोषणा गर्‍यो अघिल्लो वर्षकोभन्दा कम लाभांश

काठमाडौं । मेगा बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

 

बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई १२.७ प्रतिशत बोनस सेयर लाभांश दिने प्रस्ताव गरेको हो । गत वर्ष अन्य संस्थालाई आफूमा गाभेकाले कर छुट पाउने हुँदा बैंकले नगद भने घोषणा गरेको छैन ।

 

बैंकले घोषणा गरेको यो लाभांश अघिल्लो आव २०७६/७७को भन्दा ०.९८ प्रतिशत कम हो । मेगाले सो आवमा १० प्रतिशत बोनस सेयर र ३.०५ प्रतिशत नगद गरी १३.०५ प्रतिशत लाभांश दिएको थियो ।

 

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

 

हाल १४ अर्ब ६५ करोड ४९ लाख ६४ हजार ९५६ रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस वितरणपछि चुक्ता पूँजी १६ अर्ब ४२ करोड ३८ लाख १९ हजार २२६ रुपैयाँ पुग्नेछ ।

मापदण्ड विपरीत सञ्चालित उपत्यकाका १९ औषधि पसल निलम्बन Read Previous

मापदण्ड विपरीत सञ्चालित उपत्यकाका १९ औषधि पसल निलम्बन

प्रभु बैंकले घोषणा गर्‍यो अघिल्लो वर्षकोभन्दा धेरै लाभांश Read Next

प्रभु बैंकले घोषणा गर्‍यो अघिल्लो वर्षकोभन्दा धेरै लाभांश