सेयर बजारमा पहिरो, यी हुन् धेरै मूल्य घट्ने १३ कम्पनी

काठमाडौं । सेयर बजार पहिरो गएको छ । सोमबार १९ अंकले घटेको बजार आज करिब ८० अंकले घटेको हो । पछिल्ला दुई दिनमा मात्रै नेप्से ९७ अंकले घटेको छ ।

 

बैंकिङ प्रणालीमा भएको तरलता अभावका कारण अझै ब्याजदर बढ्ने हल्लाले नेप्सेमा आज भारी गिरावट आएको आकलन गरिएको छ ।

 

सूचकमा भारी गिरावट आए पनि कारोबार रकममा भने बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा आज कारोबार रकम २ अर्बले बढेर साढे ६ अर्ब पुगेको छ ।

 

सेयर बजार मापक सूचक नेप्से ७९.७९ अंकले घटेर २७४९.८५ विन्दुमा आइपुगेको छ । यसदिन २२५ कम्पनीको ६ अर्ब ५२ करोड ७७ लाख २९ हजार ५४७ रुपैयाँ बढीको १ करोड १९ लाख १७ हजार ७७ कित्ता सेयर किनबेच भएका छन् ।

 

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा राताम्मे भएको छ । फाइनान्स समूह सबैभन्दा धेरै ५.२९ प्रतिशतले घटेको छ । यस्तै, विकास बैंक समूह ५.२३, अन्य समूह ४.१२, निर्जीवन बीमा समूह ३.५८ प्रतिशतले घटेको छ ।

 

कारोबारमा आएका २२५ कम्पनीमध्ये जम्मा १२ कम्पनीको सेयर मूल्य बढेको छ भने २०८ कम्पनीको मूल्य घटेको छ । ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ३० करोड रुपैयाँको कारोबार भएको छ । यस्तै, साहस ऊर्जाको साढे २५ करोड र अपी पावरको २२ करोड बढीको कारोबार हुँदै सर्वाधिक कारोबार हुने कम्पनीको शीर्ष तीनमा रहे ।

 

उच्च अंकले घटेको बजारमा पनि आज ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ ३० सर्किट लागेको छ । साहस ऊर्जा, मानुषी लघुवित्त र तेह्रथुम पावर कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।

 

घट्दो बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । आइसीएफसी फाइनानन्स र महालक्ष्मी विकास बैंकको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले घटेको छ ।

 

यसैगरी, मिथिला लघुवित्त ७.४२ प्रतिशत, गुडविल फाइनान्स, सामुदायिक लघुवित्त, युनिभर्सल पावर, रुरु जलविद्युत्, घलेक्दी, कालिका पावर, रिलायन्स फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंकर सीइडीबी हाइड्रोपावरको मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।

 

पेट्रोल पम्प होइन चार्जिङ स्टेशन बनाउनुस्, पाइन्छ यस्ता सुविधैसुविधा Read Previous

पेट्रोल पम्प होइन चार्जिङ स्टेशन बनाउनुस्, पाइन्छ यस्ता सुविधैसुविधा

छठको तयारी पूरा, सिंगारियो गौरीघाट (फोटो फिचर) Read Next

छठको तयारी पूरा, सिंगारियो गौरीघाट (फोटो फिचर)