काठमाडौं । सनराइज बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई ६.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद गरी कुल ७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
बैंकले घोषणा गरेको लाभांश पछिल्लो ९ वर्ष यताकै कम हो ।बैंकले यसअघि आर्थिक वर्ष २०६८/६९ मा ५.२६ प्रतिशत लाभांश दिएको थियो । त्यसयता हरेक वर्ष ८ प्रतिशतभन्दा धेरै लाभांश दिँदै आएको थियो ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।
