शाइन रेसुंगा बैंकको खुद नाफा ५ गुणाले वृद्धि, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले खुद नाफामा छलाङ मारेको छ । बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ५ गुणभन्दा धेरैले वृद्धि भएको छ ।

 

चालू आवको असोज मसान्तसम्म शाइनले १४ करोड ७३ लाख ६३ हजार रुपैयाँ खुदा नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ४१०.३० प्रतिशतले धेरै हो । गत वर्षको पहिलो त्रैमासमा बैंकले जम्मा २ करोड ८८ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

 

खुद ब्याज आम्दानी र संचालन मुनाफामा उच्च वृद्धि हुँदा बैंकको खुद नाफा पाँच गुणाले बढेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३८.७१ प्रतिशतले बढेर ३७ करोड ९७ लाख ४३ हजार रुपैयाँ पुगेको छ । यस्तै, ४१९.९४ प्रतिशतले बढेर २१ करोड ५ लाख १९ हजार रुपैयाँ पुगेको छ ।

 

३ अर्ब ४० करोड चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब १४ करोड रुपैयाँ र रिटेन्ड अर्निङमा ४३ करोड २८ लाख रुपैयाँ संचित छ ।समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य नाफा ४३ करोड २८ लाख ८६ हजार रुपैयाँ छ ।

 

असोज मसान्तसम्ममा बैंकले ४० अर्ब २७ करोड निक्षेप संकलन गरी ३३ अर्ब ४१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

 

खुद नाफासँगै बैंकको प्रतिसेयर आम्दानी साढे चार गुणाले बढेको छ । समीक्षा अवधिमा शाइनको प्रतिसेयर आम्दानी ३.८३ रुपैयाँबाट बढेर १७.२९ रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १४६.३८ रुपैयाँ, आधारदर ८.५८ प्रतिशत र खराब कर्जा १.०८ प्रतिशत रहेको छ ।

यी हुन् २५ प्रतिशतभन्दा धेरै लाभांश घोषणा गर्ने १२ लघुवित्त, कुनको कति ? Read Previous

यी हुन् २५ प्रतिशतभन्दा धेरै लाभांश घोषणा गर्ने १२ लघुवित्त, कुनको कति ?

गौतमबुद्ध विमानस्थलमा एक महिनाभित्र 'क्यालिब्रेशन फ्लाइट' हुने, एरो थाईले पायो अनुमति Read Next

गौतमबुद्ध विमानस्थलमा एक महिनाभित्र 'क्यालिब्रेशन फ्लाइट' हुने, एरो थाईले पायो अनुमति