चन्द्रागिरी-चित्लाङ खण्डमा भइरहेको ‘ढुङ्गा व्यापार’ तत्काल बन्द गरिनेछ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले गणेशमान सिंह सडकमार्गअन्तर्गत चन्द्रागिरी–चित्लाङ खण्डमा भइरहेको ‘ढुङ्गा व्यापार’ तत्काल बन्द गरी सडक निर्माणमा तीव्रता दिने बताएका छन् ।

 

विभिन्न पर्वहरूका अवसरमा आज राजधानीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले चन्द्रागिरी–चित्लाङ खण्डमा ढुङ्गाको व्यापार भइरहेको सुनिएकाले त्यस्तो व्यापार तत्काल बन्द गरी काम पुनः सञ्चालन गर्ने बताए।

 

उनले भने, “चन्द्रागिरीको विकासका लागि सरकारले आफ्नो स्रोत र साधनले भ्याएसम्म आफूले पहल र वातावरण निर्माण गर्न प्रयत्न गर्नेछु ।”

 

अर्थमन्त्री शर्माले काठमाडौंको सवारी चापलाई कम गर्न चन्द्रागिरी क्षेत्रमा बसपार्क र सामुदायिक अस्पताल निर्माणको पहलसमेत गर्ने बताए ।

२५ माइक्रोफाइनान्सको लाभांश घोषणा, १२ वटाको २५ प्रतिशतभन्दा धेरै, कुनको कति ? Read Previous

२५ माइक्रोफाइनान्सको लाभांश घोषणा, १२ वटाको २५ प्रतिशतभन्दा धेरै, कुनको कति ?

नेपालको ‘स्वीजरल्याण्ड’ जिरी पुग्दा मैले जे अनुभूत गरेँ... Read Next

नेपालको ‘स्वीजरल्याण्ड’ जिरी पुग्दा मैले जे अनुभूत गरेँ...