नेप्सेमा सामान्य वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने ९ कम्पनी

काठमाडौं । सेयर बजार सामान्य अंकले बढेको छ । हिजो २७ अंकले बढेको बजार आज सामान्य अंकले वृद्धि भएको हो ।

 

सूचकसँगै कारोबार रकममापनि वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा बुधबार कारोबार रकम करिब ५० करोडले बढेर साढे ६ अर्ब पुगेको छ ।

 

सेयर बजार मापक सूचक नेप्से ५.२२ अंकले बढेर २८४८.८४ विन्दुमा पुगेको छ । यसदिन २२९ कम्पनीको ६ अर्ब ५५ करोड ३० लाख ५९ हजार १५२ रुपैयाँ बढीको ९९ लाख ९५ हजार ५२२ कित्ता सेयर किनबेच भएका छन् ।

 

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ८ समूहको परिसूचकमा हरियाली छाएको छ भने ५ समूहको परिसूचक राताम्मे भएको छ । हाइड्रोपावर समूह सबैभन्दा धेरै ०.७२ प्रतिशतले बढेको छ भने होटल समूह १.८३ प्रतिशतले घटेको छ ।

 

कारोबारमा आएका २२९ कम्पनीमध्ये ९४ कम्पनीको सेयर मूल्य बढेको छ भने १२० कम्पनीको मूल्य घटेको छ । १५ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । यसको १ अर्ब १७ करोड रुपैयाँको कारोबार भएको छ । यस्तै, महालक्ष्मी विकास बैंकको ३५ करोड र अपी पावर झन्डै २९ करोड बढीको कारोबार हुँदै सर्वाधिक कारोबार हुने कम्पनीको शीर्ष तीनमा रहे ।

 

झिनो अंकले बढेको बजारमा आज ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । महालक्ष्मी विकास बैंकको मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने साहस ऊर्जा र आइसीएफसी फाइनान्सको मूल्य करिब १० प्रतिशतले बढेको छ ।

 

यसैगरी, अरुण काबेली एनआरएन इन्फ्रास्ट्रक्चरका सेयरधनीले ७ प्रतिशभन्दा धेरै कमाएका छन् । यस्तै, मानुषी लघुवित्त ६.१० प्रतिशत, एनआइबीएल प्रगति फण्ड, अपी पार र तेह्रथुम पावरको मूल्य ५ प्रतिशतभन्दा धेरैले बढेको छ ।

 

बढ्दो बजारमा छ्याङ्दी हाइड्रोपावरका सेयरधनीले सबैभन्दा धेरै ५.५९ प्रतिशत गुमाएका छन् ।

पोल भाडा तिर्न इन्टरनेट प्रदायकको आलटाल, भन्छन्-'बक्यौता रकम स्वघोषणा गरेर तिर्छौं' Read Previous

पोल भाडा तिर्न इन्टरनेट प्रदायकको आलटाल, भन्छन्-'बक्यौता रकम स्वघोषणा गरेर तिर्छौं'

कोरोनाले रोजगारी गुमाएकालाई १० हजार बाँड्ने बाटो खुल्यो, क-कसले पाउँछन् ? Read Next

कोरोनाले रोजगारी गुमाएकालाई १० हजार बाँड्ने बाटो खुल्यो, क-कसले पाउँछन् ?