काठमाडौं । चार दिने गोदावरी पुष्प मेलामा ७९ लाख मूल्य बराबरको कारोबार भएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान)का अनुसार १४ औं गोदावरी पुष्प मेला (कात्तिक १२ देखि १५ सम्म)मा सो मूल्य बराबरको फूलको व्यापार भएको हो ।
‘चार दिन सम्म संचालन भएको पुष्प मेलामा हामीले सोचेभन्दा धेरै फूलको व्यापार भएको छ, पुष्प मेलामा ७९ लाखको कारोबार भएको छ,’ फ्यानका अध्यक्ष मीनबहादुर तामाङ्ले चाणक्य पोष्टसँग भने ।
तामाङका अनुसार मेलामा गोदावरी फूलको व्यापार ६० प्रतिशत र अन्य फूलको व्यापार ४० प्रतिशत भएको छ । ३७ हजार अवलोकनकर्ताले मेलाको अवलोकन गरेका छन् ।
‘हामीले चार दिन सम्म चल्ने पुष्प मेलामा ५० लाख मूल्य बराबरको व्यवसायिक कारोबार हुने र ३७ हजार अलोकनकर्ताले मेलाको अवलोकन हुने अपेक्षा गरेका थियौं, तर हामीले अपेक्षा गरेभन्दा धेरै कारोबार भयो र अवलोकनकर्ता मेला अवलोकन गर्न आउनुभयो, यो राम्रो पक्ष हो, गतवर्ष कोरोनाको कारण मेला संचालन गर्न असमर्थ भयौं,’ तामाङ्ले प्रष्ट पारे ।
नेपालमा हाल व्यावसायिक रूपमा ४५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ । नेपालमा करिब १५७ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले पुष्प खेती गरिँदै आएको छ ।