काठमाडौं । सामलिङ पावर कम्पनीको प्राथमिक साधरण सयेर (आइपीओ) बाँफाँट भएको छ । आज विहान विक्री प्रबन्धक नेपाल एसबीआइ मर्चेण्ट बैंकिङमा आइपीओ बाँडफाँट गरिएको हो ।
एसबीआइ मर्चेण्टका अनुसार गोलाप्रथाबाट भाग्यमानी ६७ हजार ८९० जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् भने २१ लाख बढीकोे हात रित्तो भएको छ ।
कम्पनीले कात्तिक ४ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० हजार कित्ता सेयर विक्रीमा ल्याएको थियो । २१ लाख ९८ हजार ७६४ जनाले आवेदन दिएका थिए। सोमध्ये ९ हजार ९८६ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।
कम्पनीले यसअघि पहिलोचरणमा आयोजना प्रभावित क्षेत्र इलाम बासिन्दाका लागि ५ लाख कित्ता सेयर जारी गरिसकेको छ । ऊर्जा डेभलपर्स प्रालिको ग्रुप कम्पनी सामलिङ पावरले इलाम जिल्लामा ९।५१ मेगावाटको आयोजना बनाइरहेको छ ।
कहाँबाट हेर्ने रिजल्ट ?
कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।
यसैगरी, विक्री प्रबन्धक नेपाल एसबीआइ मर्चेण्ट बैंकिङको वेबसाइट र सामलिङ पावरको वेबसाइटबाट पनि नतिजा हेर्न पाइनेछ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।