ब्रोकर नं. ४० लाई नेप्सेको कारबाही, यस्तो छ कारण

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले ब्रोकर नम्बर ४० (क्रियटिभ सेक्युरिटिज प्राइभेट लिमिटेड)लाई कारबाही गरेको छ ।

 

स्वरोजगार लघुवित्तको संस्थापक सेयर स्वीकृति नलिइ कारोबार गरेको भन्दै नेप्सेले ब्रोकर नम्बर ४० लाई कारबाही गरेको हो ।

 

कारबाही स्वरुप नेप्सेले ब्रोकरसँग स्पष्टीकरण माग गरेको छ । ३ दिनभित्र स्पष्टिकरण पेश गर्न नेप्सेले निर्देशन दिएको छ ।

 

‘असोज १० गतेको प. सं ८६।०७७।७८ बमोजिम स्वरोजगार लघुवित्त वित्तीय सस्था लिमिटेडको संस्थापक सेयर कारोबार गर्न स्वीकृति माग गरिएकोमा यस लिमिटेडबाट स्वीकृति नलिई कारोबार गरेको हुँदा उक्त सम्बन्धमा ७ कार्य दिन भित्र यस लिमिटेडको २०७८।६।२५ को पत्रा संख्या २०७८।७९ चनं ३४२ मार्फत जवाफ पेश गर्न धितोपत्र सदस्यता तथा कारोबार विनियमावली, २०५५ को विनियम (११) (२) (३) बमोजिम निर्देशन दिइएकोमा आजको मितिसम्म जवाफ प्राप्त नभएकोले उक्त विनियमावलीको विनियम ७ (२) अनुसार त्यस सदस्य दलाललाई किन कारवाही नगर्ने ? सो को स्पष्टिकरण तीन कार्य दिन भित्र पेश गनुहुन निर्देशानुसार अनुरोध छ,’ नेप्सेले काटेको स्पष्टीकरण पत्रमा भनिएको छ ।

सिभलि बैंकको छलाङ : नाफा ३ गुणाले वृद्धि, अधिकांश सूचकमा सुधार Read Previous

सिभलि बैंकको छलाङ : नाफा ३ गुणाले वृद्धि, अधिकांश सूचकमा सुधार

२ वर्षपछि नेपाल-भारतमैत्री बस सेवा पुनः सञ्चालनमा, कहाँबाट कति बजे छुट्छ ? Read Next

२ वर्षपछि नेपाल-भारतमैत्री बस सेवा पुनः सञ्चालनमा, कहाँबाट कति बजे छुट्छ ?