दुई साता बित्दा पनि खुल्न सकेनन् ५ सडक

काठमाडौं । कात्तिक पहिलो साता आएको बाढीका कारण अवरुद्ध सडकमध्ये अझै पाँच सडक खुल्न सकेका छैनन् । गत असोज ३१ देखि यही कात्तिक ३ गतेसम्म परेको वर्षाका कारण १२ सडक अवरुद्ध भएकामा सात खुलिसकेका छन् ।

 

पछिल्लो वर्षाले खुल्न बाँकी सडकमा मनाङको डुम्रे–बेँशीसहर–चामे सडक रहेको छ । सो सडक अहिले पनि निगालाघारी, खोत्रो र दानाक्यमा खुल्न सकेको छैन । यी सडक ३७, ४० र ४९ चेनेजमा रहेका छन् ।

 

अवरुद्ध सडकमा बझाङमा खोड्पे– चैनपुर सडकको जालिबगर र नारुगौणा रहेका छन् । धनगढी–सहजपुर–वुडर–स्याउले र सतबाँझ–थाकतोली–दार्चुला–तिङ्कर सडक दार्चुलाको धिमनको तीन किमी वर किम्तडीमा पनि सडक अवरुद्ध छ ।

 

पछिल्ला वर्षाका कारण अवरुद्धमध्ये कतिपय सडक तत्कालका लागि खुलाइएको भए पनि पूर्णरुपमा सञ्चालनमा आउन सकिरहेका छैनन् ।

 

आंशिक रुपमा मात्रै सञ्चालनमा रहेका सडकमा राप्ती राजमार्गको अरिङगलफेदी सडक, वर्दिवास–सिन्धुली–खुर्कोट–धुलिखेल सडकको कमेरे फाँट, सुर्खेत तल्लो डुङ्ग्रेश्वर–सातखम्बा–दुल्लु–पिपलकोट– खुलालु– मान्म र नाग्मा–जुम्ला सडकको विभिन्न खण्ड रहेका छन् ।

सेयर बजारमा लगातार उछाल, यी १० कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Previous

सेयर बजारमा लगातार उछाल, यी १० कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

अब सम्पत्ति कर ई-सेवाबाटै तिर्न मिल्ने Read Next

अब सम्पत्ति कर ई-सेवाबाटै तिर्न मिल्ने