पेट्रोलियम पदार्थको मूल्य बढ्यो, प्रतिलिटर कति पुग्यो ?

काठमाडौं । सरकारले शुक्रबार रातिदेखि लागू हुनेगरी इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो ।

 

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेकोले घाटा कम गर्न निगमले स्वचालित मूल्य कार्यान्वयन कार्यविधि, २०७१ ले तोके अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ बढेर १३३ रुपैयाँ पुगेको छ । त्यसैगरी डिजेल÷मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ रुपैयाँले बढेर ११६ रुपैयाँ पुगेको छ ।

 

आन्तरिक तथा बाहृय हवाई इन्धनमा साविकको विक्री मूल्यमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर ९६ रुपैयाँ पुगेको छ ।पुस्कर कार्कीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

एलपी ग्यासमा साविक विक्री मूल्यमा प्रति सिलिण्डर ५० रुपैयाँ वृद्धि गरी १ हजार ५०० कायम गरिएको छ । पछिल्लो पटक असोज ३० गते इन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार निगमले मूल्य समायोजन नगर्दा १५ दिनमा २ अर्ब २२ करोड घाटा भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

भीमफेदी-कुलेखानी सडक ३ दिन अवरुद्ध हुने Read Previous

भीमफेदी-कुलेखानी सडक ३ दिन अवरुद्ध हुने

केराउ, मरिच र सुपारी आयातमा लाग्दै आएको प्रतिबन्ध हट्यो Read Next

केराउ, मरिच र सुपारी आयातमा लाग्दै आएको प्रतिबन्ध हट्यो