उन्नति सहकार्य लघुवित्तको बम्पर लाभांश घोषणा

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

 

लघुवित्त सञ्चालक समितिको बिहीबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई ३२ प्रतिशत बोनस सेयर लाभांश दिने प्रस्ताव गरेको हो । गत वर्ष दुई संस्था मर्ज भएकाले कर छुट हुने हुँदा नगद भने छुट्याएको छैन ।

 

लघुवित्तले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

 

हाल १७ करोड ६१ लाख ६९ हजार ७०६ रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको बोनस वितरणपछि चुक्ता पूँजी २३ करोड २५ लाख ४४ हजार १२ रुपैयाँ पुग्नेछ।

मध्यभोटेकोशीको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा Read Previous

मध्यभोटेकोशीको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा

विराटनगरमा २५ तले व्यापारिक भवन निर्माण हुने, कति लाग्छ खर्च ? Read Next

विराटनगरमा २५ तले व्यापारिक भवन निर्माण हुने, कति लाग्छ खर्च ?