मध्यभोटेकोशीको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा

काठमाडौं । मध्यभोटेकोशी जलविद्युत् कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीको आइपीओ आज विहान विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलमा बाँडफाँट गरिएको हो ।

 

क्यापिटलका अनुसार गोलाप्रथाबाट भाग्यमानी ८ लाख १९ हजार जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् भने १४ लाख ७५ हजार ४९६ जनाको  हात रित्तो भएको छ ।

 

कम्पनीले असोज २० गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता अइपीओमा विक्रीमा ल्याएको थियो । जसमा २३ लाख ९० हजार २१८ जनाले आवेदन दिएका थिए । सोमध्ये  ९५ हजार ७२२ आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

 

कम्पनीले धितोपत्र बोर्डबाट डेढ अर्ब बराबरको १ करोड ५० लाख कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको छ । सोमध्ये कम्पनीले यसअघि नै पहिलो चरणमा सिन्धुपाल्चोकका स्थानीयलाई ६० लाख कित्ता सेयर जारी गरिसकेको छ ।

 

आयोजनाले हाल सिन्धुपाल्चोकको भोटेकोशीमा १०२ मेगावाट क्षमताको आयोजना बनाइ रहेको छ । आयोजनाको कुल लागत १४ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।

 

कहाँबाट हेर्ने रिजल्ट ?

 

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

 

यसैगरी, विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट र मध्यभोटेकोशी हाइड्रोपावरको वेबसाइटबाट पनि नतिजा हेर्न पाइनेछ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।

धानमा क्षति बेहोरेका किसानलाई सरकारले ६५ प्रतिशतसम्म क्षतिपूर्ति दिने Read Previous

धानमा क्षति बेहोरेका किसानलाई सरकारले ६५ प्रतिशतसम्म क्षतिपूर्ति दिने

उन्नति सहकार्य लघुवित्तको बम्पर लाभांश घोषणा Read Next

उन्नति सहकार्य लघुवित्तको बम्पर लाभांश घोषणा