गणपति लघुवित्तले घोषणा गर्‍यो अघिल्लो वर्षकोभन्दा धेरै लाभांश

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

 

लघुवित्त सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

लघुवित्तले घोषणा गरेको यो लाभांश अघिल्लो आव २०७६/७७ कोभन्दा ४.२१ प्रतिशत धेरै हो । लघुवित्तले अघिल्लो वर्ष १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत लाभांश दिएको थियो । ।

 

लघुवित्तले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

नाडेप लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ? Read Previous

नाडेप लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

तरलता सहज बनाउने प्रयास गर्दै राष्ट्र बैंक, २० अर्बको रिपो जारी गर्ने Read Next

तरलता सहज बनाउने प्रयास गर्दै राष्ट्र बैंक, २० अर्बको रिपो जारी गर्ने