३ लघुवित्तको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन, कुनको कति ?

काठमाडौं । नेप्सेमा सूचीकृत ३ लघुवित्तको लाभांश पाउन सेयर किन्ने आज (कात्तिक ११ गते) अन्तिम दिन रहेको छ । आशा, स्वरोजगार र सिभिल लघुवित्तले घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

 

यी तीन लघुवित्तले साधरणसभा प्रयोजनका लागि भोलि (कात्तिक १२ गते) बुकक्लोज मिति तोकेका छन् । तसर्थ, आजसम्म नेप्सेमा कारोबार भइ कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।

 

आशा लघुवित्तले गत वर्षको नाफाबाट घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न कात्तिक २७ गते फल एण्ड ट्राउट भिलेज होटल एण्ड रेस्टुराँ, ककनीमा पाँचौ वार्षिक साधारण सभा बोलाएको छ ।

 

आशाले गत आवको मुनाफाबाट २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद गरी कुल २६.३१ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव गरेको छ ।

 

त्यसैगरी, स्वरोजगार लघुवित्तले गत आवको नाफाबाट २५ प्रतिशत बोनस सेयर लाभांश दिने घोषणा गरेको छ । प्रस्तावित लाभांश पारित गर्न लघुवित्तले कात्तिक २७ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा १३ औं वार्षिक साधारण सभा बोलाएको छ ।

 

त्यसैगरी, सिभिल लघुवित्तले गत वर्षको नाफाबाट १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद गरी २० प्रतिशत गरी कुल २० प्रतिशत लाभांश घोषणा गरेको छ । सो लाभांश पारित गर्न सिभिलले कात्तिक २८ गते १० औं वार्षिक साधारण सभा डाकेको छ। लघुवित्तको सभा बोगनभिल्ला इभेन्ट्स, त्रिपुरेश्वरमा हुनेछ ।

 

तीनै लघुवित्तको प्रस्तावित लाभांश साधरण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

 

३ जलविद्युत् आयोजनाले किनेर दिए सरकारलाई १३० रोपनी जग्गा Read Previous

३ जलविद्युत् आयोजनाले किनेर दिए सरकारलाई १३० रोपनी जग्गा

रसुवा नाकाबाट विद्युतीय गाडी आयात बढ्दो, एकै दिन ल्याइयो २२ वटा माइक्रोबस Read Next

रसुवा नाकाबाट विद्युतीय गाडी आयात बढ्दो, एकै दिन ल्याइयो २२ वटा माइक्रोबस