काठमाडौं । लुम्बिनी विकास बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३.७१ प्रतिशत नगद गरी कुल १३.७१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
बैंकले घोषणा गरेको लाभांश अघिल्लो आर्थिक वर्षकोभन्दा ३.७१ प्रतिशत बढी हो । बैंकले अघिल्लो आव २०७६/७७ मा ७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश दिएको थियो ।
बैंकले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।