बैंक अफ काठमाण्डूको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । बैंक अफ काठमाण्डूले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

 

बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ४ प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

बैंकले घोषणा गरेको लाभांश् अघिल्लो आर्थिक वर्षकोभन्दा २ प्रतिशत कम हो । बैंकले अघिल्लो आव २०७६/७७ मा १३ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश दिएके थियो ।

 

बैंकले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

४९० मेगावाटको अरुण-४ जलविद्युतको सर्वेक्षण अनुमति प्राधिकरणलाई Read Previous

४९० मेगावाटको अरुण-४ जलविद्युतको सर्वेक्षण अनुमति प्राधिकरणलाई

लुम्बिनी विकास बैंकले घोषणा गर्‍यो अघिल्लो वर्षकोभन्दा धेरै लाभांश Read Next

लुम्बिनी विकास बैंकले घोषणा गर्‍यो अघिल्लो वर्षकोभन्दा धेरै लाभांश