काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ वटा वाणिज्य बैंकहरुलाई कारबाही गरेको छ ।
राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासमा गरेको सुपरीवेक्षणमा तोकिएको मापदण्ड पूरा नभएको भेटेपछि ३ बैंकलाई कारबाही गरेको हो ।
राष्ट्र बैंकले हिमालयन, नेपाल बंगलादेश र प्रभु बैंकलाई काराबाही गरेको हो । तीन वटै बैंकले अनिवार्य नगद मौज्दात÷वैधानिक तरलता अनुपात कायम नगरेपछि राष्ट्र बैंकको कारबाहीम परेका हुन् ।
राष्ट्र बैंकले ती बैंकलाई कारबाहीस्वरुप ९६ हजार ४० रुपैयाँ हर्जाना समेत तिराएको छ ।
