काठमाडौं । नेपाल बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३ प्रतिशत नगद गरी कुल १७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
बैंकले घोषणा गरेको लाभांश अघिल्लो आर्थिक वर्ष २०७६/७७कोभन्दा १ प्रतिशत बढी हो । बैंकले सो आवमा १२ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगदा गरी कुल १६ प्रतिशत लाभांश दिएको थियो ।
बैंकले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।