काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ वटा फाइनान्स कम्पनीहरुलाई कारबाही गरेको छ ।
राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ मा गरेको स्थलगत सुपरीवेक्षणमा तोकिएको मापदण्ड पूरा नभएको भेटेपछि ५ फाइनान्स कम्पनीहरुलाई कारबाही गरेको हो ।
राष्ट्र बैंकले समृद्धि, गुडविल, ललितपुर, सिटी एक्सप्रेस र जानकी फाइनान्सलाई कारबाही गरेको हो । राष्ट्र बैंकका अनुसार समृद्धि र गुडविल फाइनान्सलाई अनिवार्य मौज्दात कायम नगर्दा कारबाही गरेको हो ।

त्यस्तै तोकिएको दरमा विपन्न वर्गको कर्जा प्रवाह गर्न नसक्दा र सीसीडी अनुपात कायम नगरेको ललितपुर फाइनान्स ३ पटक कारबाहीमा परेको छ । त्यस्तै, सिटी एक्सप्रेस र जानाकी फाइनान्सलाई पनि विपन्न विपन्न वर्गको कर्जा प्रवाह गर्न नसकेकोमा कारबाही गरेको हो ।
राष्ट्र बैंकले ती फाइनान्स कम्पनीहरुलाई कारबाहीस्वरुप ५५ लाख ७६ हजार रुपैयाँ हर्जाना समेत तिराएको छ ।