काठमाडौं । ‘लाहोरमा हिमपातको सम्भावना धेरै छ तर भारत र पाकिस्तानबीच अहिले द्विपक्षीय श्रंखला हुन सक्दैन । हो, उनीहरू आईसीसी प्रतियोगितामा भिड्न सक्छन् ।’
यो भारतका पूर्व कप्तान सुनील गावस्करको जवाफ थियो जब पाकिस्तानका पूर्व कप्तान र वर्तमान पीसीबी अध्यक्ष रमीज राजाले गत बर्ष कोविड १९ को कारण लकडाउनको क्रममा उनीसँग भिडियो च्याट गरेका थिए।
अन्तिम पटक भारत र पाकिस्तान आमनेसामने भएका थिए २०१९ को आईसीसी एकदिवसीय विश्वकप इंग्ल्याण्डमा जहाँ भारतले पाकिस्तानलाई डकवर्थ लुईस नियमको आधारमा ८९ रनले पराजित गरेको थियो । अब यी दुई टोली फेरी एक पटक आईसीसीको विश्वकप टी–२० मा आमनेसामने हुनेछन् ।
सन् २०२१ को आईसीसी विश्व टी–२० अक्टोबर १७ बाट सुरु भएको छ ।यसको आधिकारिक आयोजक भारत हो । तर, कोरोनाका कारण खेलहरु संयुक्त अरब एमिरेट्स र ओमानमा खेलाइएको छ ।
म्याच जसमा टीभी सेट तोडिन्छन्
यस विश्वकपमा अन्य धेरै कुराहरु महत्वपूर्ण छन् । तर सँधै जस्तै सारा संसार को नजर भारत र पाकिस्तान बीचको खेलमा छ । समूह दुईमा रहेका भारत र पाकिस्तान अक्टोबर २४ मा दुबईमा आमने सामने हुनेछन् । भारत र पाकिस्तानबीचको आपसी सम्बन्ध जस्तोसुकै होस्, तर क्रिकेट मैदानमा एकअर्काको विरुद्धमा जाने वित्तिकै टिकटको झ्याल खुल्ने बित्तिकै दर्शकले एक घण्टाभित्र सबै टिकट किन्छन् ।

खेल सकिएपछि जित्ने टोलीको देशमा पटाका पड्काइन्छ हार्ने टोलीको देशमा शोक मनाइन्छ । र, सबै आक्रोश टेलिभिजन सेटमा पोखाएर शोकलाई हलुका बनाइन्छ । एक म्याच जित्ने खेलाडी रातारात नायक बन्छ र बलर जसको बल हारेको छ सबैको नजर मा काँडा बन्छ । मानौं कि जस्तै हार उनको कारणले मात्र भयो ।
पाकिस्तानका जावेद मियाँदादले चेतन शर्माको अन्तिम बलमा छक्का प्रहार गरेर पाकिस्तानलाई आश्चर्यजनक जित दिलाएपछि शारजाहमा भएको खेललाई आज पनि मानिसहरूले बिर्सेका छैनन् । त्यसै गरी, मानिसहरु यो बिर्सिएका छैनन् कि २००७ मा आयोजित पहिलो टी २० विश्वकप मा कप्तान महेन्द्र सिंह धोनीले अज्ञात बलर जोगिंदर शर्माद्वारा अन्तिम ओभर गराए श्रीसान्तको हातबाट पाकिस्तानका मिसबाह उल हकलाइ क्याच आउट गराउँदै भारतलाई बिजेता बनाए ।
त्यही एक ओभरका कारण जोगिन्दर शर्मा भारतमा घरघरमा चिनिन्छन् भने मिसबाह उल हकले उनको प्रहार आज पनि बिर्सन सक्दैनन् । महेन्द्र सिंह धोनी इतिहासको पानामा ‘क्यारिज्म्याटिक’ कप्तान साबित भएको त्यो पहिलो कथा थियो । त्यसपछि उनले सन् २०११ मा भारतलाई विश्व च्याम्पियन बनाए, टेस्ट क्रिकेटमा नम्बर एक बनाए र च्याम्पियन्स ट्रफी पनि जिताए । तर आज पनि भारतमा, जो क्रिकेट को लागि पागल छन्, २००७ को विश्व टी २० लाई नै सम्झन्छन् ।
अब जब भारत र पाकिस्तान फेरि एकपटक विश्वकपमा आमनेसामने हुनेछन्, खेलाडीहरूको पुरानो सम्झनाहरू पनि ताजा हुनेछन्, विशेष गरी जब यी दुई देशहरू आईसीसी प्रतियोगिताहरूमा मात्र आमने सामने हुन्छन् ।
भारत–पाकिस्तान म्याचको बारेमा पाकिस्तानका पूर्व ब्याट्सम्यान मिसबाह उल हक भन्छन्, ‘जब पनि यी दुई देश भिड्छन्, कुन टोलीको र्याङ्किङ छ र को कमजोर वा बलियो छ भन्ने फरक पर्दैन । म्याच, चाहे यो हकी हो वा क्रिकेट हो, सँधैं धेरै रोमाञ्चक हुन्छ ।’

भारत पाकिस्तान म्याचको बारेमा पाकिस्तानी कप्तान बाबर आजम भन्छन् कि ठूलो खेलमा जानु भन्दा पहिले यो महत्वपूर्ण छ कि एउटा टीम को रूपमा हामी कति आत्मविश्वासी छौं ।
एक पटक भारत र पाकिस्तान बिच खेलिएको टेस्ट सिरिजका धेरै लोकप्रिय फास्ट बलर पाकिस्तानका सिकंदर बख्त भन्छन कि ‘यी दुई देशहरु बीचको प्रतिस्पर्धा धेरै रोचक छ ।’
‘मलाई अचम्म लाग्छ कि हामीले विश्वकपमा भारतलाई किन कहिल्यै हराउन सकेनौं । एक समय थियो जब पाकिस्तानको टोलीले भारतलाई सजिलै हराउँथ्यो । तर पनि हामीले विश्वकपमा उनीहरूलाई हराउन सकेनौं । यो अनौठो परिदृश्य हो कि हामीले जित्न सकेनौं । त्यो पनि मेरो बुझाइभन्दा बाहिर छ,’ उनी भन्छन् ।
‘जति पैसा चाहिन्छ ब्ल्याङ्क चेक लेख, तर भारतलाई हराउ’
सिकंदर बख्त भन्छन् भारत र पाकिस्तान दुई छिमेकी देशहरु हुन् र उनीहरुको आपसी सम्बन्ध राजनीतिको कारण खराब छ । उनले फेरि जोड दिएर भने कि राजनीति नै खराब सम्बन्धको कारण हो । जहाँसम्म सामान्य मानिसको बिचार वा विचारहरुको सवाल छ उनी सही छन् । भारतमा खेल्दा आफु जहाँ पनि एक्लै निस्कने गरेको र आफुले डराउनु वा अपमानित हुन नपरेको उनी बताउँछन् ।
एक पटक सुनिल गावस्कर एसियाली च्याम्पियनशिपमा कमेन्ट्री गर्न पाकिस्तान आएका थिए । उनी पाकिस्तानमा किनमेल गर्न गएका थिए । रोचम कुरा के छ भने गावस्करसँग कुनै पनि पसलेले पैसा लिन मानेनन् ।
सिकन्दर भन्छन्, ‘सामान्यतया हाम्रो रहनसहन, खानपिन, लुगाफाटा, वातावरण एउटै हो । हामी फिल्महरू पनि हेर्छौं । हाम्रो र उनीहरूको धर्म अलि फरक बाहेक संस्कृति लगभग एउटै हो । हाम्रो खानपान एउटै हो । मेरो ससुरा आफैं दिल्लीका बासिन्दा हुन्, उनी त्यहीँ हुर्केका हुन् । उनी सेन्ट स्टिफन्स कलेजमा गए । अलिगढमा पढे । मेरो ससुरा मद्रासका हुन् । म भारत जाँदा उहाँको घर पनि हेर्न गएको थिएँ ।’

‘तर खेलमा भने धेरै दवाव हुन्छ । हामी भारतसँग हारेर फर्किदा भन्सारमा हाम्रो चेकजाँच कसरी भएको थियो हामीलाई थाहा छ । हाम्रा सबै रेकर्डहरु केलाएर हेरिएका थिए । हाम्रा सामानहरु त्यहिँ राखिए र कहिल्यै फिर्ता गराइएन,’ बख्त भन्छन् ।
अहिले पनि कुरा त्यस्तै छ । पूर्व कप्तान रमीज राजा पीसीबी अध्यक्ष भएर कराची आएपछि त्यहाँको चेम्बर अफ कमर्समा मानिसहरूलाई भेटेका थिए । त्यहाँ एकजना व्यापारीले रमिजलाई बताए कि तपाईले ब्ल्यांक चेक लिनुहोस् र भारतलाई हराउनुहोस् । तपाईले चाहानु भएको रकम भर्नुहोस् भनेर उनी भनिरहेका थिए ।
टी २० विश्वकपका सबै खेलमा भारतको जीत
अहिलेसम्म विश्वकपमा भारत र पाकिस्तानबीच ७ खेलमा भेट भएको छ । र, सबै खेलमा भारतले जितेको छ ।
सन् १९९६ को विश्वकपमा भारतले ३८ रनले जितेको थियो । सन् २००७ को विश्वकपमा भारत-पाकिस्तान समूह डीमा थिए। पहिलो म्याच टाइ भएको थियो। यही प्रतियोगितको फाइनलमा भारतले ५ रनले पाकिस्तानलाई हराउँदै उपाधि जितेको थियो।
त्यसपछि सन् २००९ मा अभ्यास म्याचमा भारतले ९ विकेटले जित निकालेको थियो। त्यसबाहेक भारत पाकिस्तान आमनेसामने भएनन्। फाइनलमा भने श्रीलंकालाई हराउँदै पाकिस्तान च्याम्पियन बनेको थियो।
२०१० को विश्वकपमा यी दुई टोली आमनेसामने भएनन्। २०१२ मा भारतले सुपरओभरमा ८ विकेटको जित निकाल्यो। २०१४ मा ७ विकेट र २०१६ मा ६ विकेटले हराएको थियो।
भारत र पाकिस्तान आज पौने ८ बजे दुबइ इन्टरनेसनल क्रिकेट स्टेडियममा आमनेसामने हुँदैछन्।-बीबीसी हिन्दीबाट