यतीले ल्यायो दुई गन्तव्यका लागि सस्तो टिकट अफर, कहाँको कति ?

काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक यती एयरलाइन्सले यात्रुलाई आकर्षित गर्न फेरि सस्तो टिकट अफर ल्याएको छ ।

 

यसअघि पनि पटक पटक यस्तो अफर ल्याएको कम्पनीले जनकपुर र भैरहवाका लागि सस्तो टिकट अफर ल्याएको हो ।

 

एयरलाइन्सले मोबाइल एपबाट प्रोमो कोड प्रयोग गरी यी दुई गन्तव्यको टिकट सस्तो मूल्यमा किन्न सकिने जनाएको छ ।

 

एयरलाइन्सका अनुसार प्रोमो कोड प्रयोगगरी काठमाडौं-जनकपुर एकतर्फी टिकट १ हजार ६०० रुपैयाँ र काठमाडौं-भैरहवा एकतर्फी २ हजार ५०० रुपैयाँमा किन्न सकिने छ ।

 

यो अफर अक्टोबर २० र २१ (कात्तिक ३ र ४ गते) दुई दिनका लागि मात्र लागू हुने एयरलाइन्सले जनाएको छ ।

अब पुराना मोबाइलबाट सुन र बहुमूल्य धातु निकालिने,  प्रविधिको विकास Read Previous

अब पुराना मोबाइलबाट सुन र बहुमूल्य धातु निकालिने, प्रविधिको विकास

वर्षाका कारण ८ मुख्य सडकमार्ग अझै अवरुद्ध, कुन कहिले खुल्छ ? Read Next

वर्षाका कारण ८ मुख्य सडकमार्ग अझै अवरुद्ध, कुन कहिले खुल्छ ?