काठमाडौं । चाडपर्वका बेला रमाइलो गर्न कसलाई मन लाग्दैन र ? नयाँ लुगा लगाएर, मीठामीठा खानेकुरा खाँदै आफन्तजनसँग भेटघाट गर्दै गर्दा यी सबै कुराको चाँजोपाँजो मिलाउन कत्तिको गाह्रो हुन्छ भन्नेबारे तपाईंँले कहिल्यै ध्यान दिने गर्नुभएको छ ?
तपाईंको घरमा महिला नहुँदा चाडपर्वमा हरेक कुराको व्यवस्थापन गर्न कतिको असहज हुन्छ, महशुस गर्नुभएको छ । ? भनाइ त जाबो पैसा भएपछि किनमेल गर्न कुन ठूलो कुरा हो र भन्ने पनि लाग्ला हैन ? तर, महिलाबिना यस्ता हरेक कुराको व्यवस्थापन गर्न कतिको सहज होला, एक पटक सोच्नुस् त ।
अझ कामकाजी महिलाको हकमा त चाडपर्वको समयमा बोझ माथि बोझ थपिने गरेको छ ।
हरेक चाडपर्वमा पूजाका लागि सामग्री मिलाउनेदेखि रमाइलो गर्ने मेसो मिलाइदिने जिम्मेवारी प्रायः घरपरिवारमा महिलाकै काँधमा पर्ने गर्छ । सोही कारण अघिपछिको कामबाहेक पनि हरेक चाडपर्वमा महिला माथि थप जिम्मेवारीले बढ्छ र महिलाहरूलाई ढुक्कले चाडपर्व मनाउने फुर्सद नै हुँदैन ।
अझ कामकाजी महिलाको हकमा त चाडपर्वको समयमा बोझ माथि बोझ थपिने गरेको छ । संगै घरमा रहेका पुरुषको तुलनामा चाडपर्वको समयमा महिलाहरू साँच्चै घरको नोकर बन्नु पर्छ ।
पुरुषहरू जसरी हरेक चाडपर्वमा निष्फिक्री स्वतन्त्रपूर्वक जुवातास खेल्ने, मदिरा खाने होस् वा आफूलाई मन लागेको ठाउँमा सहज रूपमा जान सक्छन्,त्यसरी महिलाको लागि कुनै स्वतन्त्रता छैन/हुँदैन ।
चाडपर्व त सबैको लागि समान हुनुपर्ने हो नि तर हाम्रो समाजमा परापूर्वकालदेखी नै अरु समय होस् वा चाडवार्डको समय हरेक क्षण घरायसी काममा महिला नै अगाडि सर्नुपर्छ । अन्य समय पनि संगै जागिरमा जाने श्रीमान कामबाट फर्केपछि र काममा जानुअघि स्वतन्त्रपूर्वक बस्न पाउछन् तर महिलाहरू घरको सम्पूर्ण काम भ्याएर पनि कार्यालय गएर फेरि साँझ घरको काम आफैले गर्नुपर्छ । यस्तो देख्दा लाग्छ, महिलाको शरीर फलामको हो , उनीहरूले कुनै आरामा गर्नुपर्दैन वा जरुरी छैन ।
आफ्नी श्रीमतीले मरुञ्जेल काम गरेको देख्दा ती पुरुषको मनमा कुनै दयाभाव आउँदैन कि किन सहयोग गर्न अग्रसर हुँदैनन् । सहयोग गर्नुको सट्टा समयमा खाना पाकेन भनेर उल्टै गालीको वर्षा गराइन्छ । चाडपर्वमा परिवारका अन्य सदस्यबाट सहयोगको उपेक्षा घरका महिलाहरूले गरेका हुन्छन् नि, तर त्यो अपेक्षा सधैं अपेक्षामा नै सीमित हुन्छ । हाम्रो पारिवारिक बनोट, सामाजिक संरचना, सांस्कृतिक र धार्मिक पक्ष, श्रीमानश्रीमतीको सम्बन्ध र बालबच्चा हेर्ने विषयमा हाम्रो जुन परम्परागत सोच छ, त्यसले गर्दा चाडपर्वका बेला हरेक महिला माथिको जिम्मेवारी ह्वातै बढ्ने गरेको छ ।
तर पछिल्लो समय महिलाले घरभित्र गर्ने तर नदेखिने कामका बारेमा आवाज भने उठ्न थालेको छ ।तर हाम्रो जस्तो पितृसत्तात्मक समाजमा धेरै जसो महिलाहरू जति नै काम थपिए पनि त्यो उनीहरूको मात्र जिम्मेवारी हो भन्ने सोचेर चुपचाप काम गरिरहन बाध्य छन् ।
दशैँ शुरू भएसँगै मन्दिर र बजारमा निकै भिड छ । दशैँको टीकाको दिन नजिकिँदै गर्दा घर सफा गर्ने, घरभित्र र विभिन्न मन्दिरमा गएर पूजा गर्नेदेखि टीका लगाउन आउने आफन्तजनका लागि मिठा परिकार तयार पार्ने, घरपरिवार तथा आफ्ना आफन्तको लागि विभिन्न सरसामान किनमेल गर्ने काम प्रायः महिलाकै हुन्छ ।
यसरी अघिपछि भन्दा चाडपर्व र अन्य चाडभन्दा लामो समयसम्म मनाइने दशैँका बेला धेरै कामको बोझ र निभाउनुपर्ने जिम्मेवारीका कारण महिलाहरूमा बोझ माथि बोझ थपिने गरेको छ । चाडपर्वका समयमा जति काम गरेपनि सकिँदैन । त्यसमाथि अरुले गर्ने भन्दा राम्रो काम कसरी गर्ने भन्ने कुराले महिलाहरूलाई धेरै तनाव हुने गरेको छ , ता कि आफ्नो काममा अरुले कुनै नराम्रो कमेन्ट नगरुन् ।
पछिल्लो समय चाडपर्व भड्किलो हुँदै पनि गएको छ, र त्यसको मारमा पनि महिलाहरू नै पर्दैआएका छन् । चाडपर्वमा भेटघाट भन्दा खानपिनमा जोड दिन थालिएको छ , जसले गर्दा धेरै परिकार र धेरै मान्छेलाई खुवाउनु पर्ने भएकाले महिलामा धेरै बोझ हुने गरेको छ ।
अघिपछि सामान्य गुजारा चलाए पनि वर्ष दिनमा आउँने दशैंलाई जतिसक्दो सभ्य र भव्य रूपमा आफन्तसँग मिलेर गच्छे अनुसारको सक्दो मीठोमसिनो खाने चलन छ, तर त्यसको सम्पूर्ण जिमेवारी महिलाकै हातमा रहने गर्दछ ।
यस्ता जमघट रमाइलो गर्ने र आ–आफ्ना चलन अनुसारका खानेकुरा तयार पार्ने जिम्मेवारी अधिकाशं घरमा महिलाहरूकै हुने गरेको छ ।अघिपछि भन्दा दशैँका बेला धेरै बिदा ती बिदाको सबै समय महिलाहरूकोृ लागि काममा नै सिमित हुने गरेको छ ।
पुरुषहरू जसरी हरेक चाडपर्वमा निष्फिक्री स्वतन्त्रपूर्वक जुवातास खेल्ने, मदिरा खाने होस् वा आफूलाई मन लागेको ठाउँमा सहज रूपमा जान सक्छन्,त्यसरी महिलाको लागि कुनै स्वतन्त्रता छैन/हुँदैन ।
खास महिलाहरूले पुरुषको तुलनामा अरु सामान्य दिनमा समेत धेरै काम गर्नुपर्छ । तर चाडपर्वको समयमा महिलाले अघिपछि भन्दा धेरै नै काम गर्नुपर्छ । चाडपर्वमा महिलाको जिम्मेवारी झन् दोहोरो नै हुन्छ ।
चाडपर्वमा आफन्त र छरछिमेककीसँग मिलेर काम गर्दा धेरै सहयोग त प्राप्त हुन्छ नै तर काम सबैका बित्ने भएकाले पनि सरसहयोगको काम खासैगरिदैन ।
चाडपर्वमा महिलालाई सहयोग गरौँ
तपाईंले स्वतन्त्रपूर्वक चाडपर्व मनाई रहदा तपाईंको परिवारमा रहेका महिला सदस्यले कुन रूपमा पर्व मनाई रहेका छन् त्यो कुरालाई थोरै भए पनि मनन् गर्नुस् र काममा सहयोग गर्नुस् । चाडपर्वमा हरेक घरमा महिला माथि धेरै जिम्मेवारी आउने र ती जिम्मेवारी सबै महिला आफैले निभाउनु पर्ने हुन्छ । घरका पुरुष सदस्य निप्रवाह रमाइलो गर्दा थोरै भए पनि महिलालाई सहयोग गरेर चाडपर्व महिलाको पनि हो भन्ने मनहशायले सहयोग गरौं । ता कि तपाईं खुसीले रमाई रहँदा तपाईंका घरका महिलालाई श्वास नै फेर्न नमिल्ला झैँ कामको भ्याईनभ्याई नहोस् ।
चाडपर्वमा मात्र नभएर अघिपछि पनि घरका हरेक सदस्यले आफुले गर्न सक्ने कामको बाँडफाँड गर्ने र घरको काम प्रति सबैले जिम्मेवारी बहन गर्न सके महिलालई मात्र काममा सास्ती हुने थिएन ।
चाडपर्वलाई सबैका लागि उत्तिकै उल्लासमय बनाउन घरका सदस्यको भूमिका निकै धेरै रहन्छ । त्यसैले, चाडपर्वलाई महिलामैत्री बनाउन तपाईंले घरको काममा महिलालई सहयोग गर्ने पर्छ ।