बजारमा बोतलकै ७ लाखसम्म पर्ने मदिरा, यी हुन् सस्ता र महँगा ब्राण्डका मदिराहरू

काठमाडौं । चाडपर्वको बेला धेरै खपत हुने वस्तुमध्ये मदिरा पनि एक हो । सामान्य अवस्थामाभन्दा चाडपर्वमा मदिराको उपभोग बढी हुने गर्छ । दशैंको बेला अन्य बेलाकोभन्दा मदिराको व्यापार तेब्बरले बढ्ने व्यापारीहरु बताउँछन् ।

 

सामान्यतया दैनिक ३ लाखसम्मको विक्री हुने गर्थ्यो, घटस्थापना यता व्यापार बढेको छ । हिजोआज दैनिक १५ लाखभन्दा बढीको मदिरा विक्री हुन थालेको छ,’ दरबारमार्गस्थित एक मदिरा व्यापारीले भने ।

 

चाडवाडलाई लक्षित गर्दै बजारमा स्वदेशी साथै विदेशी विभिन्न ब्राण्डका मदिराहरु उपलब्ध रहेका छन् । नेपालमा ब्ल्याक लेबल, ब्लू लेबल, गोल्ड लेबल, जेमसन, जेडी, ह्वीस्की, भोड्का, बियर लगायतका मदिरा पदार्थ धेरै विक्री हुने गर्छन् ।

 

चाडवाडको बेलामा खपत बढ्ने भएसँगै मूल्य पनि वृद्धि हुने गरेको छ । मदिरा जन्य वस्तुमा प्रत्येक वर्ष १० प्रतिशतदेखि १५ प्रतिशतसम्म मूल्य वृद्धि हुने गरेको छ ।

 

अघिल्ला वर्षहरुको तुलनामा यस वर्ष कोरोनाले गर्दा मदिराजन्य पदार्थ धेरै आयात नभएको व्यवसायी बताउँछन् ।यहाँ हामीले बजारमा पाइने सस्ता र महँगा ब्राण्डमा मदिराको बारेमा जानकारी दिने प्रयास गरेका छौं ।

 

यी हुन नेपाली ब्राण्डका सस्ता मदिराजन्य पदार्थ

 

खुकुरी रम र खुकुरी स्पाइस रमको मूल्य विगतमा १६०० रुपैयाँ रहेको थियो अहिले बढेर १८००य रुपैयाँ प्रति ७५० एमएल पुगेको छ । जीन भोट्का ७५० एमलको किन्दा १२ सय रुपैयाँ पर्छ । यो हालसालै आएको नयाँ नेपाली ब्राण्ड हो ।

 

ओल्ड दरबार ७५० एमएलको २ हजार ५७५ रुपैयाँ पर्छ । यसको मूल्य विगतमा २१ सय रुपैयाँ रहेको थियो । ओल्ट दरबार प्लाटिनम प्रति २७० एमलएल २ हजार ५० रुपैयाँ पर्छ ।

 

ब्ल्याक छिमेकको मूल्य विगतमा ३ हजार रुपैयाँ थियो भने हाल बढेर ३ हजार ३ सय रुपैयाँ पुगेको छ । गोल्डेन वाक र मुस्ताङको मूल्य ९ सयदेखि १ हजार रुपैयाँ रहेको छ । ब्ल्याक वाकको ७५० एमएल रक्सी किन्दा १३ सय रुपैयाँ पर्छ । एक वर्ष अघि यसको मूल्य ११ सय रुपैयाँ रहेको थियो ।

 

ग्राण्ड मास्टर रम ७५० एमएलको १५ सय रुपैयाँ पर्छ । सिंहदरबार रेयर विस्की २५ सय रुपैयाँ पर्छ । प्रिमियम सिंहदरवार २८ सय रुपैयाँ पर्छ । हिमाल्यन अ‍ैला १ हजार रुपैयाँ पर्छ । रुसलानको मूल्य १८ सय रुपैयाँ छ । पहिला यसको मूल्य १६ सय रुपैयाँ रहेको थियो । रुसलान अल्ट्रा प्रिमियम १ हजार ८९० रुपैयाँ रहेको छ । रुसलान गोल्ड २ हजार ४ सय रुपैयाँ पर्छ । रोयल स्ट्याग १६ सय रुपैयाँ पर्छ । बारोन सेलेक्ट ९ सय रुपैयाँदेखि ११ सय रुपैयाँ पर्छ ।

 

महंगा नेपाली ब्राण्डका मदिराहरु

 

यार्सा गुम्बारको ७५० एमएलको ११ हजार रुपैयाँ रहेको छ । ओल्ड दरबार (फिफ्टिन एयर) १६ हजार ३५० रुपैयाँ पर्छ । बन्दिपुर स्कच विस्की ४ हजार ४ सय रुपैयाँ प्रति ७५० एमएल पर्छ । यसको मूल्य विगतमा २ सय रुपैयाँ कम ४ हजार २ सय रुपैयाँ रहेको थियो ।

 

यस्ता छन् सस्ता विदेशी ब्राण्डका मदिरा

 

ब्लेनडेड (धेरै प्रकारका खानेकुरा मिसाएर बनाएको रक्सी) मदिरामा भ्याट ६९को मूल्य प्रतिलिटर ५ हजार ४ सय रुपैयाँ रहेको छ । रेड लेबलको मूल्य ६ हजार ४५० रुपैयाँ रहेको छ । विगतमा यसको मूल्य ५ हजार १५० रुपैयाँ रहेको थियो । ब्ल्याक लेबल ८ हजार १५० रुपैयाँपर्छ । यसको मूल्य विगतमा ७ हजार ६५० रुपैयाँ रहेको थियो ।

 

जेमसन ७५० एमएलको ६ हजार ६ सय रुपैयाँ रहेको छ । जिमबीम बुरबन विस्कीको ७५० एमएलको ६ हजार ३५० रुपैयाँ पर्छ । चिभासको मदिरा ८ हजार १५० देखि ११ हजार रुपैयाँसम्मको पाइन्छ । चिभास (एटिन एयर) को प्रतिलिटर किन्दा १५ हजार रुपैयाँ पर्न जान्छ ।

 

जेडी (ज्याक डबनेल्स) को आईरस विस्की, जेडी हनी, जेडी फायर लगायतका मदिराहरु प्रतिलिटर ७ हजार ३९५ रुपैयाँ पर्छन् । तुलामर डिउ (आईरस) को मूल्य प्रतिलिटर ६ हजार ८ सय रुपैयाँ रहेको छ ।

 

हन्ड्रेड पाइपरस् भारतीय ब्राण्ड हो । यसको मूल्य प्रतिलिटर ५ हजार ६ सय रुपैयाँ रहेको छ । डबल ब्ल्याक लेबलको मूल्य ९ हजार रुपैयाँ पुगेको छ । यसको मूल्य पहिला ८ हजार ५ सय रुपैयाँ रहेको थियो । गोल्ड लेबलका मदिराहरु १२ हजार रुपैयाँदेखि १४ हजार रुपैयाँसम्मका रहेका छन् ।

 

सिङगल मल्ट ( एउटै वस्तुको प्रयोग गरि बनाइएका मदिरा) ग्लेन गोयल रेगुलरको मूलय प्रति ७५० एमएल९ हजार ८८१ रुपैयाँ रहेको छ । ग्रिन मोरगी (टेन एयरस्) को प्रति ७५० एमएल ८ हजार ९ सय रुपैयाँ पर्छ ।

 

टोबर मोरे (टेन एयर) को प्रति ७५० एमएलको मूल्य ७ हजार २ सय रुपैयाँ रहेको छ । ग्लेन फिडिज (टुबेल एयर) ९ हजार ८७५ रहेको छ भने ग्लेन फिडिजकै (एटिन एयर) १४ हजार ३३० रुपैयाँ पर्छ ।

 

महंगा विदेशी मदिरा

 

डिबल मल्टका ब्लू लेबल ७५० एमएलको ३० हजार ८ सय रुपैयाँ पर्छ । यसको मूल्य विगतमा ३० हजार ५ सय रुपैयाँ रहको थियो ।
रोयल सलुसनका मदिरा ७५० एमएलको मूल्य २८ हजार ५ सय देखि ४ लाख रुपैयाँसम्म पर्ने बजारमा पाइन्छन् ।

 

सिङगल मल्ट ( एउटै वस्तुको प्रयोग गरि बनाइएका मदिरा) को ग्लेन गोयनी (ट्वान्टी वान एयरस्) प्रति ७५० एमएल २४ हजार ७३५ रुपैयाँ पर्छ । टोमिन्टल (ट्वान्टी एयरस्) को ७५० एमएल मदिरा हाल बढेर आएको छ । २२ हजार रुपैयाँमा विक्री हुने यसको मूल्य हाल ३३ हजार रुपैयाँ पुगेको छ ।

 

यामजाकी जापनीज विस्की हो । यामाजाकी (टुबेल उयरर्स) प्रति ७५० एमएलको मदिराको मूल्य ३६ हजार रुपैयाँ रहेको छ । दि हाकु सु मदिरा ७५० एमएलको २४ हजार ५ सय रुपैयाँ पर्छ । टोकनोका ब्ल्याक/टोकिनोका वाइटको मूल्य प्रति ७५० एमएल १० हजार रुपैयाँ पर्छ ।

 

हिविकी मदिराको प्रति७५० एमएल किन्दा २४ हजार ५ सय रुपैयाँ पर्छ । ग्लेन क्याडम (फोटिन एयर्स) १४ हजार ४ सय रुपैयाँ प्रति७५० एमएल पर्छ । ग्लेन फिडिजको (ट्वान्टी वान एयर) को प्रति ७५० लिटरको मूल्य २८ हजार ५ सय रुपैयाँ पर्छ ।

 

लाख बढी पर्ने मदिरा

 

ब्राण्डीको ब्राण्डी फ्रेन्च, कमुस र कग्नेक लगायत ब्राण्डका विदेशी मदिराहरु बोतलकै मूल्य १ लाखभन्दा बढी रहेको छ । यी मदिराको मूल्य प्रति ७५० एमएल ६ लाख ७२ हजार रुपैयाँसम्म पर्छ । यो फ्रान्सबाट आयात हुन्छ ।

 

विस्कीमा चिफटेनस् (ट्वान्टी सिक्स एयर) प्रति ७५० एमएलको २ लाख रुपैयाँ हाराहारी पर्न आउछ । यो स्कट ल्याण्डबाट आयात हुन्छ चिफटेनस् (२९ एयरस्) ६ लाख रुपैयाँ पर्छ । क्यामस इलिगेन्सको ७५० एमएलको मदिरा किन्दा १ लाख ७५ हजार रुपैयाँ बढी पर्ने बजार विक्रेता बताउँछन् ।

 

दुई दिनमै रसुवागढी नाकाबाट भित्रिए ३६ कन्टेनर स्याउ Read Previous

दुई दिनमै रसुवागढी नाकाबाट भित्रिए ३६ कन्टेनर स्याउ

लाइसेन्स छाप्ने कार्ड आउन अझै डेढ महिना लाग्ने, ट्रायल पास गरेकाले कहिले पाउछन् ? Read Next

लाइसेन्स छाप्ने कार्ड आउन अझै डेढ महिना लाग्ने, ट्रायल पास गरेकाले कहिले पाउछन् ?