नेप्सेमा दोहोरो अंकको गिरावट, यी ५ कम्पनीका लगानीकर्ता भने मालामाल

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बिहीबार ६८ अंकले बढेर बन्द भएको बजार आज दोहोरो अंकले घटेको हो ।

 

सूचकसँगै कारोबार रमकमा पनि गिरावट आएको छ । कारोबार रकम साढे ४ अर्ब रुपैयाँमा सीमित भएको छ ।

 

आइतबार सेयर बजार मापक सूचक नेप्से १८.५३ अंकले घटेर २६६२.५८ विन्दुमा आइपुगेको छ । यसदिन २२० कम्पनीको ४ अर्ब ४९ करोड ८० लाख ४३ हजार ५८१ रुपैयाँ बराबरको ७२ लाख ५१ हजार ७४४ कित्ता सेयर किनबेच भएका छन् ।

 

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ३ वटा समूह्को परिसूचकमा हरियाली छाएको छ भने १० समूहको परिसूचक राताम्मे भएको छ । म्युचुअल फण्ड समूह सबैभन्दा धेरै ०.७६ प्रतिशतले बढेको छ भने उत्पादनमूलक समूह ३.१६ प्रतिशतले घटेको छ ।

 

आज कारोबारमा आएका २२० कम्पनीमध्ये ६५ कम्पनीको मूल्य बढेको छ भने १४९ कम्पनीको घटेको छ । ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज महिला लघुवित्तको सर्वाधिक कारोबार भएको छ । गत वर्षको मुनाफाबाट ५० प्रतिशत बम्पर लाभांश घोषणा गरेको महिलाको झन्डै १९ करोडको कारोबार भएको छ ।

 

दोहोरो अंकले घटेको बजारमा आज दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । महिला लघुवित्त र जीवन विकास लघुवित्तको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।

 

यस्तै, मिथिला लघुवित्त ९.३७ प्रतिशत, सपोर्ट माइक्रो फाइनान्स र महालक्ष्मी विकास बैंकका सेयरधनीले पनि ७ प्रतिशतभन्दा धेरै कमाएका छन् ।

 

घट्दो बजारमा आज शिवम् सिमेन्टका सेयरधनीले सबैभन्दा धेरै ६.४६ प्रतिशत गुमाएका छन् ।

घट्यो जिरा मसलाको आयात, मूल्य भने यथावत Read Previous

घट्यो जिरा मसलाको आयात, मूल्य भने यथावत

सार्वजनिक निर्माणका काम अब दुई सिफ्टमा गर्नुपर्ने : अर्थमन्त्री शर्मा Read Next

सार्वजनिक निर्माणका काम अब दुई सिफ्टमा गर्नुपर्ने : अर्थमन्त्री शर्मा