काठमाडौं । शिवम् सिमेन्टले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
कम्पनी सञ्चालक समितिको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई करप्रयोजनसहित २९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीले घोषणा गरेको लाभांश अहिलेसम्मकै धेरै हो ।
हाल ४ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले लाभांश बापत सेयरधनीलाई १ अर्ब २७ करोड ६० लाख रुपैयाँ बाँड्ने भएको हो ।
कम्पनीले उक्त लाभांश पारित गर्न कात्तिक १६ गते साधारणसभा डाकेको छ। प्रस्तावित लाभांश उक्त वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् ।