बुद्धभूमि नेपालको आइपीओ बाँडफाँट, यसरी सजिलै हेर्नुहोस् नतिजा

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएके छ । विक्री प्रबन्धक सिभिल क्यापिटलको कार्यालयमा आज कम्पनीको आइपीओ बाँडफाँट गरिएको हो ।

 

क्यापिटलका अनुसार गोलाप्रथाबाट भाग्यमानी ७४ हजार ४०० जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् भने ११९ लाख ४० हजार ५२२ जनाको हात खाली भएको छ ।

 

कम्पनीले असोज ११ देखि प्रतिकित्ता १०० रुपैयाँ दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण सेयर विक्रीमा ल्याएको थियो । जसमा २० लाख ३० हजार ९५५ जनाले आवेदन दिएका थिए । सोमध्ये १६ हजार ३३ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

 

कम्पनीले धितोपत्र बोर्डबाट १२ लाख कित्ता आइपीओ जारी गर्न अनुमति पाएको छ । पहिलो चरणमा यसअघि नै आयोजना प्रभावित क्षेत्र नुवाकोटका स्थानीयलाई ४ लाख कित्ता आइपीओ जारी गरिसकेको छ ।

 

कम्पनीले हाल नुवाकोटमा ४.९९ मेगावाटको तल्लो ताँदी खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

 

 

कहाँबाट हेर्ने रिजल्ट ?

 

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले  https://iporesult.cdsc.com.np  मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

 

यसैगरी, विक्री प्रबन्धक सिभिल क्यापिटलको वेबसाइट र बुद्धभूमि नेपाल हाइड्रोपावरको वेबसाइटबाट पनि नतिजा हेर्न पाइनेछ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।

जगदम्बा अटोलाई प्रक्रिँदा खुल्यो अरूको पनि पोल, मिलेमतोमा भन्सारबाट सामान भित्र्याएको खुलासा Read Previous

जगदम्बा अटोलाई प्रक्रिँदा खुल्यो अरूको पनि पोल, मिलेमतोमा भन्सारबाट सामान भित्र्याएको खुलासा

५ वर्षमा ५ लाख विद्युतीय चुलो बाँड्ने लक्ष्य, ६ अर्बको परियोजना प्रस्ताव स्वीकृत Read Next

५ वर्षमा ५ लाख विद्युतीय चुलो बाँड्ने लक्ष्य, ६ अर्बको परियोजना प्रस्ताव स्वीकृत