माछापुच्छ्रे बैंकको १६ प्रतिशत लाभांस प्रस्ताव

माछापुच्छ्रे बैंक लिमिटेडको भदौ ११ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्ष २०७५/७६ को खुद मुनाफाबाट शेयरधनीहरुलाई चूक्ता पूँजीको १६ प्रतिशत लाभांश (कर सहित) वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ । उक्त लाभांश अन्तर्गत बैंकले ५ प्रतिशत बोनस शेयर र ११ प्रतिशत नगद लाभांश (कर सहित) नेपाल राष्ट्र बैंकको स्वीकृति एवं आगामि बार्षिक साधारण सभाबाट पारित भए पश्चात वितरण गर्ने निर्णय गरेको छ ।

 

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६९ करोड ७० लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी २१ रुपैंया ७ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पूँजी ८ अर्ब ५ करोड रुपैंया तथा साधारण जगेडा कोषमा १ अर्ब ४५ करोड रुपैंया संचित छ ।

 

माछापुच्छ्रे बैंकले देशका हरेक बर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । नयाँ शाखाहरु मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउदैँ आएको छ ।

 

बैंकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल, पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १३६ वटा शाखाहरु र १२१ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २५७ स्थानवाट ग्राहक माहानुभावहरुमा सम्पुर्ण बै‌ंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर १५७ वटा एटीएमहरु संचालनमा रहेका छन् ।

फास्ट ट्रयाकमा ३ वटा सुरुङ र ८७ वटा पुल बन्ने Read Previous

फास्ट ट्रयाकमा ३ वटा सुरुङ र ८७ वटा पुल बन्ने

पप्पुसँग तिनकुने आर्क ब्रिजको ठेक्का तोड्न प्रक्रिया अघि बढ्यो Read Next

पप्पुसँग तिनकुने आर्क ब्रिजको ठेक्का तोड्न प्रक्रिया अघि बढ्यो