स्वाबलम्वन लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । स्वाबलम्वन लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

 

लघुवित्त सञ्चालक समितिको बिहीबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ६ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

लघुवित्तले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

बन्दीपुर केबलकार डेढ वर्ष भित्र संचालनमा आउने, स्थानीयले १० हजारमा १० वर्ष चढ्न पाउने Read Previous

बन्दीपुर केबलकार डेढ वर्ष भित्र संचालनमा आउने, स्थानीयले १० हजारमा १० वर्ष चढ्न पाउने

रसुवागढी नाकामा भन्सार परीक्षण तीव्र, दशैंका लत्ताकपडा छुटाउने प्रयास Read Next

रसुवागढी नाकामा भन्सार परीक्षण तीव्र, दशैंका लत्ताकपडा छुटाउने प्रयास