सर्वोत्तम सिमेन्टको सेयर प्रकरणमा मुछिएका धितोपत्र बोर्ड अध्यक्ष ढुंगाना वर्खास्त

काठमाडौं । नेपालमै पहिलो पटक बुक बिल्डिङ विधिबाट आइपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्ट सेयर खरिद प्रकरणमा मुछिएका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना बर्खास्त भएका छन् ।

 

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानालाई बर्खास्त गरेको हो। सरकारले एक महिना अघि गठन गरेको न्यायिक छानबिन समितिको प्रतिवेदनका आधारमा ढुंगानालाई बर्खास्त गरेको हो।

 

सरकारले भदौमा उच्च अदालतका पूर्व न्यायाधीश अनन्तराज डुम्रेको संयोजकत्वमा ३ सदस्यीय छानबिन समित गठन गरेको थियो । समितिका सदस्यमा कानुन आयोगका सहसचिव अर्जुनकुमार खड्का र विज्ञ सदस्यका रूपमा नारायणप्रसाद पौडेल रहेका थिए ।

 

ढुंगानाले अमेरिकामा रहेकी छोरीको नाममा सर्वोत्तम सिमेन्टको १० हजार कित्ता सेयर किनेको बाहिरिएपछि उनलाई अर्थमन्त्रालयले स्पष्टीकरण समेत साधेको थियो । साथै, संसदीय समितिले छानबिन गरी कारबाही गर्न निर्देशन दिएको थियो ।

 

सोही प्रकरणमा मुछिएका नेप्सेका सिईओ चन्द्रसिंह साउदले राजीनामा दिए पनि ढुंगाना भने त्यसै बसेका थिए ।

अब नेपाली बैंक ग्यारेन्टी बसेर विदेशी ऋण लिन पाउने Read Previous

अब नेपाली बैंक ग्यारेन्टी बसेर विदेशी ऋण लिन पाउने

अनलाइन गेमले 'खायो' चङ्गाको व्यापार, बालबालिका र युवाको छैन आकर्षण Read Next

अनलाइन गेमले 'खायो' चङ्गाको व्यापार, बालबालिका र युवाको छैन आकर्षण