आरएसडीसी लघुवित्तको लाभांश घोषणा

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

 

लघुवित्त सञ्चालक समितिको शुक्रबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

लघुवित्तले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

लक्ष्मी लघुवित्तले घोषणा गर्‍यो लाभांश, बोनस र नगद कति ? Read Previous

लक्ष्मी लघुवित्तले घोषणा गर्‍यो लाभांश, बोनस र नगद कति ?

काठमाडौंसहित देशका अधिकांश स्थानमा इन्टरनेट अवरुद्ध Read Next

काठमाडौंसहित देशका अधिकांश स्थानमा इन्टरनेट अवरुद्ध